काठमाडौं। तेस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डले श्रीलंकालाई हराएको छ । बुधबार राति वर्षाले प्रभावित खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ७ विकेटले हराएको हो ।
केन्डीमा वर्षाको कारण ढिला सुरु भएको खेल २१ ओभरमा छोट्टाईएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै २० ओभरमा ९ विकेट गुमाएर १५० रन जोडेको थियो ।
श्रीलंका लागि निरोशन डिक्वेलाले ३६, सदिरा समाराविक्रमाले ३५ तथा कप्तान दिनेश चण्डीमालले ३४ रन जोडे । इंग्ल्यान्डका आदील राशिदले ४ तथा टम कुरणले ३ विकेट लिए ।
ृश्रीलंकाले दिएको १५१ रनको लक्ष्य इंग्ल्यान्डले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । इंग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले ५८ रन, जासन रोयले ४१ रन तथा बेन स्टोक्सले अविजित ३५ रन बनाएका थिए।
श्रीलंकाका लागि अमिला अपोनसोले २ तथा अकिला धननज्यले १ विकेट लिए ।
जितसँगै इंग्ल्यान्डले पाँच खेलको सिरिजमा २–० को अग्रता बनाएको छ । यसअघि दोस्रो एकदिवसीय इंग्ल्यान्डले ३१ रन्को जित निकालेको थियो । एजेन्सी
इंग्ल्यान्डले श्रीलंकालाई ७ विकेटले हरायो
तपाईंको प्रतिकृया




