अत्यधिक मदिरा सेवनका कारण एकको मृत्यु

गोरखा । गोरखामा अत्यधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ ।
पालुङटार–१, सातदोबाटोका ५८ वर्षीय जुठे नेपाली बिहीबार बिहान साढे ८ बजे सातदोबाटो बजार नजिकै मृत भेटिएका हुन् ।
उनको अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
यसबारे थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पताल गोरखामा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री