काठमाडौं । काठमाडौंको ठूलो भर्याङमा बिहीबार बिहान मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
बनस्थलीबाट स्वयम्भु जाँदै गरेको बा २९ प ३७०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सिन्धुपाल्चोक जुगल–७ घर भई हाल सानो भर्याङ बस्दै आएका ५५ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको मनमोहन मेमोरियल अस्पताल, कलंकीमा उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भुले जनाएको छ ।
प्रहरीेले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ ।
तपाईंको प्रतिकृया




