काठमाडौं । गत आर्थिक वर्षमा साढे २ अर्बको हकप्रद शेयर नेपाल स्टक एक्सेजन (नेप्से) मा सूचीकृत भएका छन् ।
गत आवमा २ अर्ब ५७ करोड ४ लाख १८ हजार ६७६ रुपैयाँ बराबरको २५ करोड ७० लाख ४१ हजार ८८६ दशमलव ७६ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएका हुन् ।
सूचीकृतमध्ये ६ वटा वाणिज्य बैंकको ११ करोड ६२ लाख ११ हजार ९२९ दशमलव २२ कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । वाणिज्य बैंकमध्ये सबैभन्दा बढी मेगा बैंक नेपालको हकप्रद शेयर रहेको छ ।
त्यस्तै गत आवमा १४ वटा विकास बैंकको ५ करोड ४४ लाख ६२ हजार ९७६ दशमलव ९७ कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । विकास बैंकमध्ये सबैभन्दा बढी ग्रिन डेभलपमेन्ट रहेको छ ।
त्यस्तै, गत आवमा एक दर्जन फाइनान्स कम्पनीको २ करोड ७५ लाख ३७ हजार ९९७ दशमलव ७८ कित्ता शेयर सूचीकृत भएको थियो । जसमध्ये सबैभन्दा बढी प्रगोसिभ फाइनान्स कम्पनी रहेको छ ।
११ वटा बीमा कम्पनीले ४ करोड ७५ लाख ४० हजार ६४९ दशमलव शून्य ४ कित्ता हकप्रद शेयर सूचीकृत भएका थिए । जसमा सबैभन्दा बढी प्राइम लाइफ इन्स्यारेन्स कम्पनीको रहेको छ ।
यसै गरी १२ वटा लघुवित्त कम्पनीको १ करोड १२ लाख ८८ हजार ३३३ दशमलव ७५ कित्ता हकप्रद शेयर सूचीकृत भएका थिए । सबैभन्दा बढी नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको रहेको छ ।
नेप्सेमा सूचीकृत भयो गत आव साढे २ अर्बको हकप्रद
तपाईंको प्रतिकृया




