नेपालको अर्थतन्त्र निकै कठिन अवस्थाबाट गुज्रनेछ : सिईओ शेरचन

अशोक शेरचन बैंकिङ क्षेत्रमा परिचित नाम हो तर, यतिमा मात्रै उनको परिचय सीमित रहदैन । उनी एक भर्सटाईल व्यक्तित्व हुन्, अझै भन्नुपर्दा शेरचन लेखक, गीतकार र कवि पनि हुन् । देश अहिले लडाउनको अवस्थामा छ । हाल प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका शेरचनको दैनिकी हरेक दिन बैंक गएर बित्ने गरेकाे छ । समय पाउनासाथै लेखपढ गर्न मन पराउने शेरचन सामाजिक कार्यमा पनि निकै सक्रिय छन् । लकडाउनको दिक्दारीपूर्ण समयमा केहि खुसीको सञ्चार गराउन बैशाख १ गते नयाँवर्षकाे अवसर पारेर गीत रिलिज गरेका छन् । काेराेनाकाे कहरकावीच अहिले समग्र अर्थतन्त्र नै कठिन अवस्थाबाट गुज्रेकाे छ । यसैसन्दर्भमा सिईओ शेरचनसँग समग्र बैंकिङ, अर्थतन्त्र र केही व्यक्तिगत कुरा गरेका छौं । प्रस्तुत छ सिईओ शेरचनसँग न्यूज दैनिकका सम्पादक कल्पना शर्माले गरेको कुराकानीको सम्पादित अंश :-भर्खरै सुनौलो विहानी फर्किनेछ, बोलको नयाँ गीत बजारमा ल्याउनुभएको छ, तपाई (लेखक, गीतकार, कवि, बैंकर) भर्सटाईल ब्यक्तित्वनै हुनुहुँदो रहेछ हैन ?
कोरोनाले यतिबेला विश्वलाई नै आक्रान्त पारेको छ । नेपालमा पनि यसको प्रभाव परिसकेको अवस्था छ । यस्तो दिक्दारीपूर्ण समयमा केहि खुसीको सञ्चार गराउन वैशाख १ गते मैले यो गीत रिलिज गरेको हुँ । देश विषम परिस्थितिसँग जुधिरहेको छ । गीतका शब्दका माध्यमबाट सबैमा उत्प्रेरणा मिलोस् भन्ने मेरो उदेश्य हो ।

वास्तवमा लकडाउनले धेरैलाई तनाव दिएको छ । यो स्वभाविक पनि छ । हामी यसबाट निराश हुने होईन की आफ्नो समयलाई केहि न केहि काममा ब्यस्त बनाएर उपयोगी बनाउनुपर्छ ।

कोरोनाबाट डराउने भन्दा पनि सजग भएर यस्तो परिस्थितिको सामना गर्न सबै तयार हुनुपर्छ । याे गीतमा गायक सत्यराज, स्वरुपराज, प्रविशा अधिकारी र प्रताप दासले आवाज दिनुभएको छ । हालसम्म करिब ३ लाख ५० हजारले यो भिडियो हेरिसक्नुभएको छ । मलाई खुसी लागेको छ । हौसला पनि मिलेको छ । कथा, कविता लगायत अर्थतन्त्रसम्बन्धि लेखहरु त बेलाबेला लेखिनैरहन्छु । बैंकमा कार्यकारी प्रमुखको जिम्मेवारीसँगै कलाकौशलमा पनि उत्तिकै रहर भएको मान्छे हुँ ।

लकडाउनका बेला तपाईको दैनिकी कसरी बितिरहेको छ ?
हरेक दिन बैंक जाने गरेको छु । मुख्यतया बैंकिङ गतिविधिमैं दिनहरु वितिरहेका छन् । किताबहरु अध्ययन गर्न पनि रुचाउँछु । केहि दिन अघि किर्तीपुरको गार्डेनमा गएको थिएँ । त्यहाँ विभिन्न प्रकारका गुलाबका फूलहरुको तस्वीर खिचेको छु । फूलहरुको तस्वीर लिंदै गर्दा आफूलाई प्रकृतिको नजिक पाएँ । अत्यन्तै खुसी भएँ । वास्तवमा लकडाउनले धेरैलाई तनाव दिएको छ । यो स्वभाविक पनि छ । हामी यसबाट निराश हुने होईन की आफ्नो समयलाई केहि न केहि काममा ब्यस्त बनाएर उपयोगी बनाउनुपर्छ ।

कोरोनाबाट हामीलाई मात्रै होइन विश्वनै खराब अर्थतन्त्रको स्थितिमा पुगेको छ । नेपालीलाई भाग्यमानी नै ठान्नुपर्छ की संक्रमितहरु केहि निको पनि भईसकेका छन् । नयाँ संक्रमितको संख्या पनि विश्वका अन्य देशजस्तो बढेको छैन । यसरी नै भगवानको आर्शिवाद हामीलाई प्राप्त भईरहोस् । अहिलेको समय पहिलेको जस्तो धेरै कामको चाप छैन । आफ्नो लागि पनि समय दिन पाएको छु ।

यस्तो विषय परिस्थितिमा बैंकले आफ्ना ग्राहकलाई कसरी सेवा दिईरहेको छ ?
हामीले बवरमहलस्थित प्रधान कार्यालय हरेक दिन सञ्चालनमा ल्याएका छौं । योसँगै ७ वटै प्रदेशका विभिन्न शाखाहरु खोलेर ग्राहकहरुलाई सेवा दिईरहेका छौं । प्रत्येक दिन ११ वजेदेखि १ वजेसम्म शाखाहरु सञ्चालनमा आउँछन् । ग्राहकको माग र अनुकुलतालाई ध्यान दिंदै सेवा प्रदान गरिरहेका छौं ।

कोरोनापछि नेपालको अर्थतन्त्र कस्तो अवस्थाबाट गुज्रनेछ, विश्लेषण गरिदिनुहोस् न ?
अहिले बैंक तथा वित्तीय क्षेत्रको अवस्था खराब छ । यतिबेला बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको माग शून्य अवस्थामा छ । पहिलेनै प्रवाह गरिएका कर्जाहरुको ब्याज पनि उठेको छैन । ब्यापारिक लोन शून्य छ । एलसी खोलिएको छैन । ग्यारेन्टी लोन पनि बन्द छ ।

यतिबेला बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको माग शून्य अवस्थामा छ । अर्थतन्त्र चलायमान हुन सकेको छैन । अब नेपालको अर्थतन्त्र निकै कठिन अवस्थाबाट गुज्रनेछ ।

अहिले ब्यापार पूरै खस्केको छ । होटल, रेष्टुरेण्ट लगायतका ब्यापार, व्यवसाय ठप्प छन् । यस्ता धेरै प्रकारका ब्यवसायका लागि बैंकबाट लोन लिएकाहरुकाे संख्या अधिक छ । उत्पादन हुन सकेको छैन । उत्पादन नभएपछि ती व्यवसायीले बैंकको ब्याज कसरी तिर्छन ? त्यसकारण अर्थतन्त्र चलायमान हुन सकेको छैन । अब नेपालको अर्थतन्त्र निकै कठिन अवस्थाबाट गुज्रनेछ ।

नेपालको अर्थतन्त्रका प्रमुख मेरुदण्ड मानिएका रेमिटेन्स र पर्यटन क्षेत्रको अवस्था नाजुक छ, यस्तै परिस्थिति रहिरहे यी क्षेत्रले कस्ताे नियति भाेग्नुपर्ला ?
नेपालमा रेमिटेन्स र पर्यटन क्षेत्रको महत्व धेरैनै छ । अहिले सबैभन्दा बढी यीनै क्षेत्र मारमा परेका छन् । कोरोनाले रेमिटेन्स र पर्यटनलाई नराम्ररी शिथिल अवस्थामा पुर्याएको छ । तत्कालै समस्या समाधान हुने अथवा लकडाउन खुल्ने हो भने त्यति ठूलो प्रभाव नपर्न पनि सक्छ । नेपालको जीडीपीमा रेमिटेन्सको २५ प्रतिशत योगदान रहेको छ । पर्यटन क्षेत्रपनि अर्थतन्त्रमा उदाउँदो ब्यवसायका रुपमा देखिएको थियो । यसपाली भ्रमण वर्ष नै भएकाले नेपालको आर्थिक सुदृढीकरणका लागि यसको योगदान ठूलो रहन्थ्यो ।दुर्भाग्य ! पर्यटक आउने सिजनमैं कोरोनाले प्रभाव पारेको छ । जसका कारण भ्रमण वर्षसमेत स्थगित गर्नुपर्ने बाध्यात्मक परिस्थिति आईपुग्यो । नेपाली रहेका बिश्वका विभिन्न मुलुकको अर्थव्यबस्था नराम्ररी थलिएको छ । कतिपयले रोजगारी पनि गुमाएका छन् ।

नेपालमा रेमिटेन्स र पर्यटन क्षेत्रको महत्व धेरैनै छ, अहिले सबैभन्दा बढी यीनै क्षेत्र मारमा परेका छन् । अँझै लामो समय यस्तै अवस्था रहे रेमिटेन्स र पर्यटन क्षेत्रमा कल्पना नै गर्न नसकिने दिक्दारीपूर्ण र डामाडोलको अवस्था आउनेछ ।

अब नेपालबाट विदेशमा कामदार जानसक्ने अवस्था छैन । आएको रेमिटेन्सको पनि ८० प्रतिशत रकम दैनिक उपभोग्य बस्तुमा नै खर्च हुने गरेको छ । अब तपाइनै भन्नुहोस्, यी क्षेत्रको अवस्था कस्तो होला त भनेर ? अँझै लामो समय यस्तै अवस्था रहे रेमिटेन्स र पर्यटन क्षेत्रमा कल्पना नै गर्न नसकिने दिक्दारीपूर्ण र डामाडोलको अवस्था आउनेछ ।

यस्तो जटिल अवस्थामा प्रभु बैंक र तपाई स्वयंले कसरी नागरिकलाई सहयोग गर्नुभएको छ ?
सरकारबाट स्थापित कोरोना विरुद्दको कोषमा बैंकले १ करोड रुपैयाँ जम्मा गरेको छ । यो हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम हो । मैले व्यक्तिगतरुपमा १ लाख रुपैयाँ कोषमा जम्मा गरेको छु । अहिले हुँदाखानेलाई बाँच्नै मुस्किल भईसकेको छ । पैसा हुनेहरुले घरमा रकम लगेर राखेका छन् भने नहुनेहरु भोकभोकै छन् । यस्तो अवस्थामा अर्थतन्त्रनै शिथिल हुने निश्चित छ । कृपया यस्तो महामारीमा थोरै खाएर भएपनि नहुने दाजुभाई दिदीबहिनीलाई सहयोग गरौं । भोलीको दिनमा अर्थव्यबस्था सुध्रिएछ भने फेरी टन्न खाउँला तर अहिले हुनेले पनि थोरै खाएर नहुनेलाई सहयोग गर्नुहोस् ।विश्वनै कठिन आर्थिक परिस्थितिबाट गुज्रिएको बेला नेपालको अर्थतन्त्र पनि थलिएको छ, अब राष्ट्रबैंकले कस्ता योजना ल्याउनुपर्छ ? 

विश्वनै नराम्ररी आर्थिक संकटमा परेको छ । योसँगै सरकार अहिले आर्थिक संकुचनमा छ । राष्ट्रबैंकमा लामो समय सोही बैंकमा काम गरेर खारिनुभएका ब्यक्ति गर्भनरका रुपमा आउनुभएको छ ।

अहिले ब्यापार तथा ब्यवसाय चौपट्ट भएकाले चटपटे बेच्नेदेखि ठूला ब्यवसायीसम्मको हितका बारेमा सोच्नु आवश्यक छ । यो हामी सबैको दायित्व हो ।

बैंक तथा वित्तीय अवस्थाका बारेमा उहाँलाइ राम्रो जानकारी छ । आर्थिक राहतका प्याकेजहरुमा बैंक तथा वित्तीय संस्था चलायमान हुनेखालका ल्याउनुपर्छ । अहिले ब्यापार तथा ब्यवसाय चौपट्ट भएकाले चटपटे बेच्नेदेखि ठूला ब्यवसायीसम्मको हितका बारेमा सोच्नु आवश्यक छ । यो हामी सबैको दायित्व हो ।

रियलस्टेट, हायरपर्चेज, हाईड्रोपावर लगायतका क्षेत्रमा बैंकहरुले लगानी गरिरहेका छन्, अब कोरोनाको सकसपछि लगानीका कस्ता क्षेत्रहरु रोजाईमा पर्लान् ?
बैंकले लगानीका नयाँ क्षेत्रहरु पहिल्याउने भन्दा पनि लोन लिएकाहरुका विषयमा सबैभन्दा पहिले सोच्नुपर्छ । होटल, रेष्टुरेष्ट, खुद्रा ब्यवसायीदेखि ठूलाठूला ब्यवसायीले बैंकको लोन लिएका छन् । कुनैपनि उद्योगधन्दा सञ्चालन गर्नका लागि लोन आवश्यक पर्छ । अब नयाँ क्षेत्रका बारेमा हामीले तत्कालै केही सोचेका छैनौं ।बैंकिङ प्रणाली सञ्चालनका लागि लोन लिने, डिपोजिट गर्नेको आवश्यकता पर्छ तर अब यी क्रियाकलाप पूरै ठप्प छन् । पूराना लोन लिएकाहरुको विषयमा पनि सचेत हुनपर्छ । उद्योगधन्दा बन्द रहेपछि ब्यवसायीले ब्याज कसरी तिर्छन् ? अर्को महत्वपूर्ण कुरा बैंकले लोननै मिनाहा गर्नसक्ने कुरो पनि भएन । त्यसकारण अहिलेनै नयाँ लगानीका क्षेत्र तर्फ हामीले केहि सोच बनाएका छैनौं । यो कोरोनाको कहरबाट विश्वले मुक्ति पाओस् । नेपालमा यसको असर कम हुँदै जाओस्, भगवान श्री पशुपतिनाथसँग मेरो यहि प्रार्थना छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी यस्तो भूगोलमा छौँ की यहाँ जुनसुकै बेला पनि ठूलो भूकम्प जाने सम्भावना छ : वरिष्ठ भूकम्पविद् डा. अधिकारी (अन्तर्वार्ता)

खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारी नेपाल भूकम्पीय उच्च जोखिममा रहेको बताउँछन् । उनका अनुसार, नेपालमा एउटै भूकम्प पूर्वदेखि पश्चिमसम्म गएको छैन । पूर्वमा १९९० सालको भूकम्प गएपछि २०४५ सालमा एउटा छुट्टै प्रकृतिको भूकम्प गयो र त्यस क्षेत्रमा ठूलो भूकम्प गएको छैन । नेपालको मध्य क्षेत्रमा २०७२ वैशाखमा गयो र पश्चिम नेपालमा ठूलो भूकम्प सम्भावना छ ।

प्रतिकृया दिनुहॊस