अशोक शेरचन बैंकिङ क्षेत्रमा परिचित नाम हो तर, यतिमा मात्रै उनको परिचय सीमित रहदैन । उनी एक भर्सटाईल व्यक्तित्व हुन्, अझै भन्नुपर्दा शेरचन लेखक, गीतकार र कवि पनि हुन् । देश अहिले लडाउनको अवस्थामा छ । हाल प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका शेरचनको दैनिकी हरेक दिन बैंक गएर बित्ने गरेकाे छ । समय पाउनासाथै लेखपढ गर्न मन पराउने शेरचन सामाजिक कार्यमा पनि निकै सक्रिय छन् । लकडाउनको दिक्दारीपूर्ण समयमा केहि खुसीको सञ्चार गराउन बैशाख १ गते नयाँवर्षकाे अवसर पारेर गीत रिलिज गरेका छन् । काेराेनाकाे कहरकावीच अहिले समग्र अर्थतन्त्र नै कठिन अवस्थाबाट गुज्रेकाे छ । यसैसन्दर्भमा सिईओ शेरचनसँग समग्र बैंकिङ, अर्थतन्त्र र केही व्यक्तिगत कुरा गरेका छौं । प्रस्तुत छ सिईओ शेरचनसँग न्यूज दैनिकका सम्पादक कल्पना शर्माले गरेको कुराकानीको सम्पादित अंश :-
भर्खरै सुनौलो विहानी फर्किनेछ, बोलको नयाँ गीत बजारमा ल्याउनुभएको छ, तपाई (लेखक, गीतकार, कवि, बैंकर) भर्सटाईल ब्यक्तित्वनै हुनुहुँदो रहेछ हैन ?
कोरोनाले यतिबेला विश्वलाई नै आक्रान्त पारेको छ । नेपालमा पनि यसको प्रभाव परिसकेको अवस्था छ । यस्तो दिक्दारीपूर्ण समयमा केहि खुसीको सञ्चार गराउन वैशाख १ गते मैले यो गीत रिलिज गरेको हुँ । देश विषम परिस्थितिसँग जुधिरहेको छ । गीतका शब्दका माध्यमबाट सबैमा उत्प्रेरणा मिलोस् भन्ने मेरो उदेश्य हो ।
वास्तवमा लकडाउनले धेरैलाई तनाव दिएको छ । यो स्वभाविक पनि छ । हामी यसबाट निराश हुने होईन की आफ्नो समयलाई केहि न केहि काममा ब्यस्त बनाएर उपयोगी बनाउनुपर्छ ।
कोरोनाबाट डराउने भन्दा पनि सजग भएर यस्तो परिस्थितिको सामना गर्न सबै तयार हुनुपर्छ । याे गीतमा गायक सत्यराज, स्वरुपराज, प्रविशा अधिकारी र प्रताप दासले आवाज दिनुभएको छ । हालसम्म करिब ३ लाख ५० हजारले यो भिडियो हेरिसक्नुभएको छ । मलाई खुसी लागेको छ । हौसला पनि मिलेको छ । कथा, कविता लगायत अर्थतन्त्रसम्बन्धि लेखहरु त बेलाबेला लेखिनैरहन्छु । बैंकमा कार्यकारी प्रमुखको जिम्मेवारीसँगै कलाकौशलमा पनि उत्तिकै रहर भएको मान्छे हुँ ।
लकडाउनका बेला तपाईको दैनिकी कसरी बितिरहेको छ ?
हरेक दिन बैंक जाने गरेको छु । मुख्यतया बैंकिङ गतिविधिमैं दिनहरु वितिरहेका छन् । किताबहरु अध्ययन गर्न पनि रुचाउँछु । केहि दिन अघि किर्तीपुरको गार्डेनमा गएको थिएँ । त्यहाँ विभिन्न प्रकारका गुलाबका फूलहरुको तस्वीर खिचेको छु । फूलहरुको तस्वीर लिंदै गर्दा आफूलाई प्रकृतिको नजिक पाएँ । अत्यन्तै खुसी भएँ । वास्तवमा लकडाउनले धेरैलाई तनाव दिएको छ । यो स्वभाविक पनि छ । हामी यसबाट निराश हुने होईन की आफ्नो समयलाई केहि न केहि काममा ब्यस्त बनाएर उपयोगी बनाउनुपर्छ ।
कोरोनाबाट हामीलाई मात्रै होइन विश्वनै खराब अर्थतन्त्रको स्थितिमा पुगेको छ । नेपालीलाई भाग्यमानी नै ठान्नुपर्छ की संक्रमितहरु केहि निको पनि भईसकेका छन् । नयाँ संक्रमितको संख्या पनि विश्वका अन्य देशजस्तो बढेको छैन । यसरी नै भगवानको आर्शिवाद हामीलाई प्राप्त भईरहोस् । अहिलेको समय पहिलेको जस्तो धेरै कामको चाप छैन । आफ्नो लागि पनि समय दिन पाएको छु ।
यस्तो विषय परिस्थितिमा बैंकले आफ्ना ग्राहकलाई कसरी सेवा दिईरहेको छ ?
हामीले बवरमहलस्थित प्रधान कार्यालय हरेक दिन सञ्चालनमा ल्याएका छौं । योसँगै ७ वटै प्रदेशका विभिन्न शाखाहरु खोलेर ग्राहकहरुलाई सेवा दिईरहेका छौं । प्रत्येक दिन ११ वजेदेखि १ वजेसम्म शाखाहरु सञ्चालनमा आउँछन् । ग्राहकको माग र अनुकुलतालाई ध्यान दिंदै सेवा प्रदान गरिरहेका छौं ।
कोरोनापछि नेपालको अर्थतन्त्र कस्तो अवस्थाबाट गुज्रनेछ, विश्लेषण गरिदिनुहोस् न ?
अहिले बैंक तथा वित्तीय क्षेत्रको अवस्था खराब छ । यतिबेला बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको माग शून्य अवस्थामा छ । पहिलेनै प्रवाह गरिएका कर्जाहरुको ब्याज पनि उठेको छैन । ब्यापारिक लोन शून्य छ । एलसी खोलिएको छैन । ग्यारेन्टी लोन पनि बन्द छ ।
यतिबेला बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको माग शून्य अवस्थामा छ । अर्थतन्त्र चलायमान हुन सकेको छैन । अब नेपालको अर्थतन्त्र निकै कठिन अवस्थाबाट गुज्रनेछ ।
अहिले ब्यापार पूरै खस्केको छ । होटल, रेष्टुरेण्ट लगायतका ब्यापार, व्यवसाय ठप्प छन् । यस्ता धेरै प्रकारका ब्यवसायका लागि बैंकबाट लोन लिएकाहरुकाे संख्या अधिक छ । उत्पादन हुन सकेको छैन । उत्पादन नभएपछि ती व्यवसायीले बैंकको ब्याज कसरी तिर्छन ? त्यसकारण अर्थतन्त्र चलायमान हुन सकेको छैन । अब नेपालको अर्थतन्त्र निकै कठिन अवस्थाबाट गुज्रनेछ ।
नेपालको अर्थतन्त्रका प्रमुख मेरुदण्ड मानिएका रेमिटेन्स र पर्यटन क्षेत्रको अवस्था नाजुक छ, यस्तै परिस्थिति रहिरहे यी क्षेत्रले कस्ताे नियति भाेग्नुपर्ला ?
नेपालमा रेमिटेन्स र पर्यटन क्षेत्रको महत्व धेरैनै छ । अहिले सबैभन्दा बढी यीनै क्षेत्र मारमा परेका छन् । कोरोनाले रेमिटेन्स र पर्यटनलाई नराम्ररी शिथिल अवस्थामा पुर्याएको छ । तत्कालै समस्या समाधान हुने अथवा लकडाउन खुल्ने हो भने त्यति ठूलो प्रभाव नपर्न पनि सक्छ । नेपालको जीडीपीमा रेमिटेन्सको २५ प्रतिशत योगदान रहेको छ । पर्यटन क्षेत्रपनि अर्थतन्त्रमा उदाउँदो ब्यवसायका रुपमा देखिएको थियो । यसपाली भ्रमण वर्ष नै भएकाले नेपालको आर्थिक सुदृढीकरणका लागि यसको योगदान ठूलो रहन्थ्यो ।
दुर्भाग्य ! पर्यटक आउने सिजनमैं कोरोनाले प्रभाव पारेको छ । जसका कारण भ्रमण वर्षसमेत स्थगित गर्नुपर्ने बाध्यात्मक परिस्थिति आईपुग्यो । नेपाली रहेका बिश्वका विभिन्न मुलुकको अर्थव्यबस्था नराम्ररी थलिएको छ । कतिपयले रोजगारी पनि गुमाएका छन् ।
नेपालमा रेमिटेन्स र पर्यटन क्षेत्रको महत्व धेरैनै छ, अहिले सबैभन्दा बढी यीनै क्षेत्र मारमा परेका छन् । अँझै लामो समय यस्तै अवस्था रहे रेमिटेन्स र पर्यटन क्षेत्रमा कल्पना नै गर्न नसकिने दिक्दारीपूर्ण र डामाडोलको अवस्था आउनेछ ।
अब नेपालबाट विदेशमा कामदार जानसक्ने अवस्था छैन । आएको रेमिटेन्सको पनि ८० प्रतिशत रकम दैनिक उपभोग्य बस्तुमा नै खर्च हुने गरेको छ । अब तपाइनै भन्नुहोस्, यी क्षेत्रको अवस्था कस्तो होला त भनेर ? अँझै लामो समय यस्तै अवस्था रहे रेमिटेन्स र पर्यटन क्षेत्रमा कल्पना नै गर्न नसकिने दिक्दारीपूर्ण र डामाडोलको अवस्था आउनेछ ।
यस्तो जटिल अवस्थामा प्रभु बैंक र तपाई स्वयंले कसरी नागरिकलाई सहयोग गर्नुभएको छ ?
सरकारबाट स्थापित कोरोना विरुद्दको कोषमा बैंकले १ करोड रुपैयाँ जम्मा गरेको छ । यो हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम हो । मैले व्यक्तिगतरुपमा १ लाख रुपैयाँ कोषमा जम्मा गरेको छु । अहिले हुँदाखानेलाई बाँच्नै मुस्किल भईसकेको छ । पैसा हुनेहरुले घरमा रकम लगेर राखेका छन् भने नहुनेहरु भोकभोकै छन् । यस्तो अवस्थामा अर्थतन्त्रनै शिथिल हुने निश्चित छ । कृपया यस्तो महामारीमा थोरै खाएर भएपनि नहुने दाजुभाई दिदीबहिनीलाई सहयोग गरौं । भोलीको दिनमा अर्थव्यबस्था सुध्रिएछ भने फेरी टन्न खाउँला तर अहिले हुनेले पनि थोरै खाएर नहुनेलाई सहयोग गर्नुहोस् ।
विश्वनै कठिन आर्थिक परिस्थितिबाट गुज्रिएको बेला नेपालको अर्थतन्त्र पनि थलिएको छ, अब राष्ट्रबैंकले कस्ता योजना ल्याउनुपर्छ ?
विश्वनै नराम्ररी आर्थिक संकटमा परेको छ । योसँगै सरकार अहिले आर्थिक संकुचनमा छ । राष्ट्रबैंकमा लामो समय सोही बैंकमा काम गरेर खारिनुभएका ब्यक्ति गर्भनरका रुपमा आउनुभएको छ ।
अहिले ब्यापार तथा ब्यवसाय चौपट्ट भएकाले चटपटे बेच्नेदेखि ठूला ब्यवसायीसम्मको हितका बारेमा सोच्नु आवश्यक छ । यो हामी सबैको दायित्व हो ।
बैंक तथा वित्तीय अवस्थाका बारेमा उहाँलाइ राम्रो जानकारी छ । आर्थिक राहतका प्याकेजहरुमा बैंक तथा वित्तीय संस्था चलायमान हुनेखालका ल्याउनुपर्छ । अहिले ब्यापार तथा ब्यवसाय चौपट्ट भएकाले चटपटे बेच्नेदेखि ठूला ब्यवसायीसम्मको हितका बारेमा सोच्नु आवश्यक छ । यो हामी सबैको दायित्व हो ।
रियलस्टेट, हायरपर्चेज, हाईड्रोपावर लगायतका क्षेत्रमा बैंकहरुले लगानी गरिरहेका छन्, अब कोरोनाको सकसपछि लगानीका कस्ता क्षेत्रहरु रोजाईमा पर्लान् ?
बैंकले लगानीका नयाँ क्षेत्रहरु पहिल्याउने भन्दा पनि लोन लिएकाहरुका विषयमा सबैभन्दा पहिले सोच्नुपर्छ । होटल, रेष्टुरेष्ट, खुद्रा ब्यवसायीदेखि ठूलाठूला ब्यवसायीले बैंकको लोन लिएका छन् । कुनैपनि उद्योगधन्दा सञ्चालन गर्नका लागि लोन आवश्यक पर्छ । अब नयाँ क्षेत्रका बारेमा हामीले तत्कालै केही सोचेका छैनौं ।
बैंकिङ प्रणाली सञ्चालनका लागि लोन लिने, डिपोजिट गर्नेको आवश्यकता पर्छ तर अब यी क्रियाकलाप पूरै ठप्प छन् । पूराना लोन लिएकाहरुको विषयमा पनि सचेत हुनपर्छ । उद्योगधन्दा बन्द रहेपछि ब्यवसायीले ब्याज कसरी तिर्छन् ? अर्को महत्वपूर्ण कुरा बैंकले लोननै मिनाहा गर्नसक्ने कुरो पनि भएन । त्यसकारण अहिलेनै नयाँ लगानीका क्षेत्र तर्फ हामीले केहि सोच बनाएका छैनौं । यो कोरोनाको कहरबाट विश्वले मुक्ति पाओस् । नेपालमा यसको असर कम हुँदै जाओस्, भगवान श्री पशुपतिनाथसँग मेरो यहि प्रार्थना छ ।




