तीन स्रष्टाका पन्ध्र लघुकथा

ललितपुर । नेपाल भाषा साहित्यका क्षेत्रमा लघुकथाको विकास र विस्तार गर्ने उद्देश्यले संचालित ‘सः छगू’ फरक अभिव्यक्तिको आठौं श्रृंखलामा तीन स्रष्टा प्रस्तुत गरिए ।  सो श्रृंखलामा लघुकथाकार त्रय भूषणप्रसाद श्रेष्ठ, धु्रव मधिकर्मी र पुष्कर माथेमाले समसामयिक जीवनबोधका पन्ध्र वटा लघुकथा वाचन गरे ।  प्रस्तुत लघुकथाहरु मुलुकमा आएको राजनीतिक परिवर्तन, पुराण र नीतिकथाको आधुनिक सन्दर्भ र सामाजिक विषयका विविध पक्षमाथि लेखिएका थिए ।

कार्यक्रममा समीक्षक अनुसुया मानन्धरले लघुकथाले आजको परिस्थितिलाई विविध कोणबाट सफलतापूर्वक प्रस्तुत गरेको बताइन् ।  कार्यक्रमका संयोजक सुधीर ख्वबिले श्रष्टाहरूलाई उपहार प्रधान गर्दै लघुकथालाई स्तरीय र व्यापक बनाउन कार्यक्रमको आयोजना गरिएको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस