????????????????????????????????????

नबिल बैंकका १२२ जना कर्मचारीले गरे रक्तदान

काठमाडौँ । नबिल बैंकले ३५ औं वार्षिक उत्सव मनाउने अवसरमा मुख्य कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा १२२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरे । ग्रान्डी इन्टरनेशनल अस्पतालले देशमा रहेको विद्यमान रगतकाे अभावलाई ध्यानमा राख्दै नबिल बैंकको उक्त योगदानको प्रशंशा गरेको बैंकले जनाएको छ ।

यस्तै बैंकको ३५ औँ बार्षिकोत्सवको अवसरमा गत हप्ता आयोजित बैंक स्तरीय फुटसल, क्रिकेट, ब्याड्मिन्टन, स्नुकर र चेस प्रतियोगिताका विजेता टिम र उपविजेता टिमहरुलाई नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले मेडल सहित पुरस्कारहरु वितरण गरेका थिए । ३५ औँ बार्षिकोत्सवका अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना भएकोमा अध्यक्ष पौड्यालले खुशी व्यक्त गरे ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस