शुनील बल्लभ पन्त, सिईओ, एनएलजी ईन्स्योरेन्स

निर्जीवन बिमा गर्नुपर्छ भन्ने सोचलाई ब्यवहारमा उपयोग गर्न सक्नुपर्छ:शुनील बल्लभ पन्त, सिईओ, एनएलजी ईन्स्योरेन्स

निर्जीवन बिमाको वजार र बिमा कम्पनी मर्जरका विषयमा धारणा

निर्जीवन बिमा अपरिहार्य आवश्यकता हो । स्वास्थ्य र सम्पत्ति बिमालाई सरकारले अनिवार्य कार्यक्रमका रुपमा ल्याउँदा ल्याउँदै पनि यसलाई मूर्तरुपमा अगाडि जानसक्ने अवस्था कायम हुन सकेको छैन । स्वास्थ्य र सम्पत्ति बिमा होस् भन्ने चाहना सबैको छ । चाहनाले मात्रै केहि हुने होईन । तर नीति भने बनिसकेको अवस्था छैन । निर्जीवन बिमा गर्नुपर्छ भन्ने सोचलाई ब्यवहारमा उपयोग गर्न सक्ने हो भने यसको क्षेत्र व्यापकरुपमा विस्तार हुन्छ तर आजका दिनसम्म सामान्य ढंगमा नै विमा बजार अगाडि बढिरहेको छ ।

विमा मर्जरको आवश्यकता भनेको देशको आर्थिक अवस्था हेरेर तय हुने हो । तत्कालिन अवस्थामा लाईसेन्सका लागि आवेदन दिएकाहरुले लामो समय कुरेर बसेको र नयाँ कम्पनीलाई लाईसेन्स दिंदा दूरदराजसम्म विमा सम्बन्धि सचेतना पुर्याउन सकिन्छ भन्ने मान्यताअनुसार नै नयाँ कम्पनीले लाईसेन्स पाएको हुनुपर्छ । नयाँले लाईसेन्स पाईसकेपछिको विमा समिति र अन्य संस्थाहरुको डाटा हेर्ने हो भने विमाको वजार ६ प्रतिशतवाट १८ प्रतिशतसम्म बढेको देख्न सकिन्छ । त्यसकारण नयाँलाई लाईसेन्स दिंदा विमा वजारको विस्तार भएको मान्न सकिन्छ ।

भर्खरै आएको कम्पनीको वजारमा आक्रामक उपस्थिति र पुराना कम्पनीको हामीलाई उछिन्छ की भन्ने मनोविज्ञानले वास्तविक फाईदा विमा कम्पनीलाई नै पुर्याएको देखिन्छ । नयाँ कम्पनी त आए । बजारमा पहुँच पनि बढ्यो तर जुन हिसावले निर्जीवन विमाको बजार बढेर जानुपर्ने हो त्यो हुन सकेन । वजार नबढ्नुमा अहिले बैंकहरुमा देखिएको डिपोजिट क्रन्च नै हो । अर्को प्रमुख कारण भनेको लगानीकर्ताहरु उत्साहित नहुनु हो ।

जीवनको तुलनामा निर्जीवन विमा कम्पनीको बजार खासै बढ्न सकेको अवस्था छैन । यस्तो परिस्थितिमा अस्वस्थ प्रतिस्पर्धा बढ्ने भएका कारण पनि विमा मर्जरको आवश्यकता देखिन्छ ।  विमा बजारलाई स्वस्थ र विश्वसनीय वनाउनका लागि नै मर्जर गर्न सकिन्छ । यसलाई मैले सकारात्मकरुपमा लिएको छु । एनएलजी ईन्स्योरेन्स विमा समितिले दिएको न्यूनतम चुक्ता पूँजी पुर्याउने काममा लागिरहेको छ । न्यूनतम चुक्तापूँजी पुर्याइसकेपछि मर्जर विमा वजारमा आवश्यक छ भन्ने महशुस गर्यो भने मर्जरमा पनि जानसक्छ ।

नेपालमा विमा सम्बन्धि जानकारी गाउँ गाउँमा पुर्याउनका लागि स्थानीय जनप्रतिनीधिसँग विमा कम्पनीहरु मिलेर काम गरेको हामीले देखेका छौं । विमा समितिले पनि यसको वजार फराकिलो बनाउने काम गरेको छ । विमाको आवश्यकताका बारेमा विभिन्न चरणमा कार्यक्रमहरु भईरहेका छन् ।

एनएलजीले आगामी आवमा प्रविधिमा नै आधारित रहेर ग्राहकहरुमाँझ अझै स्तरीय सेवा प्रदान गर्ने रणनीति लिएको छ । अहिले विमा बजारमा कम्पनी र ग्राहकका वीच मैले दुरी देखेको छु । प्रविधिमैत्री बनेर ग्राहकका गुनासा, समस्या र अप्ठेरोलाई प्रविधिका माध्यमबाट नै हामी समाधान गर्ने प्रयासमा केन्द्रित हुनेछौं ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने

काठमाडौं । नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा सेवा लागू गर्ने …

प्रतिकृया दिनुहॊस