राष्ट्र बैंकको भवन शिलान्यास, गर्भनरले सबै नेपालीको बैंक खाता अभियान सफल बनाउने काम गरेकाे भनाइ

नेपाल राष्ट्र बैंकको नयाँ भवन शिलान्यास भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले साे भवन शिलान्यास गरेकी हुन् । आगामी ३० महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बै‌कले जानकारी दिएकाे छ । भवन शिलान्यासका अवसरमा राष्ट्रपति भण्डारीले निर्धारित समयमै भवन निर्माण कार्य सम्पन्न गर्न सुझाव दिएकी छन् ।

आम सर्वसाधारणलाई वित्तीय पँहुचमा ल्याएर कृषि, पर्यटन, ऊर्जा तथा जलस्रोतको क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने भण्डारीकाे भनाइ थियो ।

साे कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक आर्थिक पुनर्निर्माणमा पनि जुटेकाले आर्थिक वृद्धिसहितको विकासमा लागेको जानकारी दिए ।

गभर्नर डा चिरञ्जीवी नेपालले विनाशकारी भूकम्पबाट बालुवारटारमा रहेकाे केन्द्रीय कार्यालय, थापाथलीस्थित कार्यालयलगायत प्रभावित भएपनि भूकम्प गएको दोस्रो दिनदेखि सेवालाई निरन्तरता दिएको वताए । गर्भनर डा. नेपालले राष्ट्र बैंकले वित्तीय क्षमताको विकास गर्दै सबै नेपालीको बैंक खाता अभियान सफल बनाउन काम गरिरहेको जानकारी दिए । कूल दुई अर्ब आठ करोड रुपैयाँको लगानीमा साढे ६१ रोपनी क्षेत्रफलमा निर्माण हुने सो भवन अत्याधुनिक हुने बैंकले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं महानगरका सामुदायिक विद्यालयले नेपाल बैंकबाट छुटसहितको बैंकिङ सेवा पाउने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच बैंकिंङ कारोबार गर्ने …

प्रतिकृया दिनुहॊस