सचिव एकनारायण अर्याललाई म्यानपावर व्यवसायीले गरे बिदाइसँगै सम्मान

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मा सरुवा भएका श्रमसचिव एकनारायण अर्याललाई बिदाइसँगै सम्मान गरिएको छ । म्यानपावर व्यवसायीहरूले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव एकनारायण अर्याललाई बिदाईसँगै सम्मान पत्र प्रदान गरेका हुन् ।

सचिव अर्यालले वैदेशिक रोजगारी क्षेत्रका धेरै समस्या समाधान गरेको भन्दै व्यवसायीहरूले उनलाई बिदाइ समारोहमा सम्मान पत्र प्रदान गरे । अर्यालले करिब डेढ वर्षदेखि श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले मन्त्रालयको जिम्मेवारीमा रहँदा अर्यालले निजी क्षेत्रमा सकारात्मक धारणा सिर्जना हुनेगरी काम गरेको बताए । सचिव अर्यालले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित बनाउने बाटोमा पुर्‍याएको उनको भनाई छ ।

बिदाइ तथा सम्मान कार्यक्रममा बोल्दै सचिव अर्यालले आफूले वैदेशिक रोजगार क्षेत्रलाई पेपरलेस, क्यासलेस र फेसलेस बनाउन कदम चालेको बताए । म्यानपावर व्यवसायलाई मर्यादित बनाउने सन्दर्भमा कामको सुरूआत गरेको अर्यालको जिकिर छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

काठमडौं । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि …

प्रतिकृया दिनुहॊस