काठमाडौं । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश दिएको छ । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर रेशमले दायर गरेको मुद्दामा सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश दिएको हो । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो । निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै …
पुरा पढ्नुहॊस »उपनिर्वाचन : भोलि इलाम र बझाङमा यातायात बन्द
काठमाडौं । शनिबार इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सवारीसाधनको व्यवस्थापनका लागि निर्वाचन आयोगले विभिन्न निर्णयहरु गरेको छ । मतदानका दिन मुख्य राजमार्गहरुमा सार्वजनिक यातायात बन्द रहने र अन्य जिल्लाबाट वैकल्पिक माध्यमबाट सवारी आवागमन गराउन आयोगले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन आयोगले अति आवश्यक सवारी बाहेक अन्य सवारी साधनको सञ्चालनमा रोक लगाएको छ । बिरामी बोक्ने एम्बुलेन्स, खानेपानी ट्यांकर, दुध बोक्ने …
पुरा पढ्नुहॊस »गृह मन्त्रालयले गर्यो ६ जना एसएसपीको सरुवा
काठमाडौं । गृह मन्त्रालयले ६ एसएसपीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले ६ एसएसपीको सरुवा गरेको हो । काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भूपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ । उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् । प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका …
पुरा पढ्नुहॊस »एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित ७ जना काठमाडौंबाट पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका …
पुरा पढ्नुहॊस »शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीबार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार २ सय पुगेको हो । तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा …
पुरा पढ्नुहॊस »फेरि विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं
काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार काठमाडौं उपत्यकामा फेरि वायु प्रदूषणको दर उच्च तहमा पुगेको हो । वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरको बिहान १०ः०५ बजेको रेकर्डअनुसार काठमाडौंको प्रदूषणको दर १९८ मापन गरिएको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ । विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तानको लाहोर रहेको छ । त्यहाँ प्रदूषण तह १८० रहेको …
पुरा पढ्नुहॊस »यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह दर्ता गर्न सबै स्थानीय तहलाई परिपत्र (आदेशसहित)
काठमाडौं । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीले पनि कानूनी रूपमा विवाह दर्ता गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । सर्वोच्च अदालतले यौनिक तथा अल्पसङ्ख्यक जोडीलाई कानूनी रूपमा नै विवाह दर्ता गर्ने पाउने अधिकार सुनिश्चित गर्न भन्दै आदेश दिएपछि त्यसलाई कार्यान्वयन गर्न भन्दै विभागले ७५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै स्थानीय तह अन्तरगत रहेका ६७४३ वटामा …
पुरा पढ्नुहॊस »डढेलोले जनधन ठूलो क्षति गर्दापनि सरकार संवेदनशील देखिएन : डा. शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न स्थानमा लागेको डढेलो नियन्त्रण गर्न सरकार संवेदनशील बन्न नसकेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत डढेलोले जनधन ठूलो क्षति गर्दापनि सरकार संवेदनशील नदेखिएको आरोप लगाएका हुन् । डढेकोको कारण देशका विभिन्न भागमा भौतिक र मानवीय क्षति पुगेको भन्दै उनले रोकथाम र न्यूनीकरणमा कहाँ चुकियो त्यसको खोजी हुनुपर्ने बताए । ‘यस वर्ष देशका विभिन्न भागमा डढेलो लागेका कारण कैयन् नेपालीको ज्यान …
पुरा पढ्नुहॊस »अफताप आलमका दाजुभाइसहित ४ जनालाई जन्मकैद
काठमाडौं। रौतहटको राजपुर बमकाण्डका आरोपित कांग्रेस नेता मोहमद अफताब आलम र उनका भाइ महताब आलमसहित चार जनालाई जन्म कैदको फैसला भएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलम दाजुभाइसहित शेष सेराज र बद्री सहनीलाई पनि जन्म कैदको फैसला सुनाएको हो । उनीहरुविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो । अदालतले प्रतिवादी मुक्ति सहनीलाई भने सफाइ दिएको छ । …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । अभिभावकको सल्लाहअनुरूप चल्न सके राम्रो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »