मोटरसाइकलको चक्कामा सल बेरिँदा २२ वर्षीया युवतीको मृत्यु, आमा गम्भीर

काठमाडौं । महोत्तरीको बर्दिबास जङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका–५ टुटेश्वर जङ्गलमा शनिबार सर्लाहीबाट महोत्तरीको बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०३–००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परको हो ।

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका–४ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । दुर्घटनामा उनकी आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन् ।

उनलाई बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको डिएसपी पोखरेलले बताए । ‘मोटरसाइकल छोरीले चलाएकी रहिछन्,’ डिएसपी पोखरेलले भने, ‘पछाडि बसेकी आमाको सल मोटरसाइकलको पछाडिपट्टिको चक्कामा बेरिँदा घटना भएको देखिन्छ ।’

सल मोटरसाइकलको पछाडिपट्टिको चक्कामा बेरिएर मोटरसाइकल अनियन्त्रित भई सडकमा ढलेपछि आमा–छोरी गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते आमा–छोरीलाई प्रहरीले तत्कालै उपचारका लागि शुभ स्वस्तिक अस्पताल बर्दिबास पुर्‍याएको थियो । ‘त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा उषाको मृत्यु भएको हो,’ डिएसपी पोखरेलले भने, ‘जनकपुरस्थित काब्या अस्पताल पुर्‍याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।’

मृतक कार्कीको माइत सर्लाहीकै लालबन्दी नगरपालिका– ४ हरिभवन हो । एक वर्षअघि मात्रै उनको विवाह भएको थियो । मृतक युवतीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds