काठमाडौं । ग्लोबल आइएमई बैंकले थप ३ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी बर्दघाट–सुस्ता पूर्व जिल्लाको मध्यविन्दु नगरपालिका १५ हर्बस्टारमा ११३औँ, कावासोती नगरपालिका १७ गोछडामा ११४औँ र पाल्पा जिल्ला रम्भा गाउँपालिका १ हुँगीमा ११५औँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
यि तीनै शाखारहित बैंकिङ्ग सेवाहरुको उद्घाटन स्थानीय जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरुको रोहवरमा भएको छ । हर्बस्टार र गोछडामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको कावासोती शाखा र हुँगीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवा बैंकको तानसेन शाखाको मातहतमा रहने छन् ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डीस होम सीडीएमए यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको जनाएको छ ।
प्रतिकृया दिनुहॊस