Tag Archives: कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनमा तीन दिनअघि उम्मेद्वारी दिनुपर्ने, बन्द सत्र नहुने

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन हुनुभन्दा पहिले नै उम्मेद्वारी दर्ता गर्नुपर्ने भएको छ। मंसिर २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा १४औँ महाधिवेशन गर्ने कार्यक्रम छ। महाधिवेशन २४ मंसिरमा उद्घाटन गर्ने भए पनि त्यसको तीन दिन पहिले नै उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम छ। २१ मंसिरमा उम्मेद्वारका आकांक्षीहरूले मनोनयन दर्ता गर्नुपर्नेछ। कांग्रेसले यसपटक महाधिवेशनमा बन्द सत्र गर्नेछैन।

पुरा पढ्नुहॊस »

मंसिर २४ देखि २६ सम्म हुने गरि कांग्रेस महाधिवेशन फेरि सर्‍यो

नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा हुने भएकाे हाे। केही जिल्लाका स्थानीय तहहरूमा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको र केही आन्तरिक तयारी पनि गर्नुपरेका कारण पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई महाधिवेशन मिति संशोधन गर्न निर्देशन दिएका थिए। सोहीअनुसार आज निर्वाचन समितिले नयाँ तालिका सार्वजनिक गरेको हो। सार्वजनिक तालिकाअनुसार अधिवेशन रोकिएका …

पुरा पढ्नुहॊस »

कांग्रेस काठमाडाैंकाे १० पालिकामा आज अधिवेशन हुने

नेपाली कांग्रेस काठमाडाैंको पालिका अधिवेशन आज हुने भएकाे छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो। काठमाडाैंका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडाैं महानगरसहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिए। काठमाडाैंको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ। दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै छ। केन्द्रीय निर्वाचन समितिले केही जिल्लामा अझै …

पुरा पढ्नुहॊस »

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज

कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज रिट खारेजको आदेश दिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितलाई विपक्षी बनाउँदै सर्वोच्चमा १८ भदौमा रिट परेको थियो। रिट निवेदक कांग्रेसकै नेता नरोत्तम बैद्य थिए। उनी बागमती प्रदेशका सांसदसमेत हुन्। रिटमार्फत् बैद्यले महामारीबीच महाधिवेशन प्रक्रिया थाल्न नहुने तर्क गरेका थिए। कोरोना संक्रमणबाट लाखौं मानिसको स्वास्थ्य जोखिममा पर्ने भन्दै महाधिवेशनको प्रक्रिया रोक्नुपर्ने …

पुरा पढ्नुहॊस »

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै प्रदेश सांसद वैद्यद्वारा सर्वोच्चमा रिट

सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ। कांग्रेस बागमती प्रदेश सांसद नरोत्तम वैद्यले बिहीबार दायर रिट दर्ता भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए। उनका अनुसार रिटमा आइतवार पेसी तोकिएको छ। कोभिड महामारीमा महाधिवेशन गर्न उपयुक्त नहुने भन्दै मंसिरमा तोकिएको १४औं महाधिवेशन रोक्न वैद्यले माग गरेका छन्। रिटमा कांग्रेसको वैधता कानुनी रुपमा अझै एक वर्ष रहेको, माओवादी र एमालेको महाधिवेशन पनि धेरै समयदेखि नभएकाले …

पुरा पढ्नुहॊस »