मंसिर २४ देखि २६ सम्म हुने गरि कांग्रेस महाधिवेशन फेरि सर्‍यो

नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरदेखि काठमाडौंमा हुने भएको छ। केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन २४, २५ र २६ मंसिरमा हुने भएकाे हाे।

केही जिल्लाका स्थानीय तहहरूमा क्रियाशील सदस्यता विवादका कारण अधिवेशन रोकिएको र केही आन्तरिक तयारी पनि गर्नुपरेका कारण पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन समितिलाई महाधिवेशन मिति संशोधन गर्न निर्देशन दिएका थिए। सोहीअनुसार आज निर्वाचन समितिले नयाँ तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिकाअनुसार अधिवेशन रोकिएका १२ वटा जिल्लाका वडा तहको अधिवेशन आगामी २७ कात्तिकमा हुनेछ भने गाउँ/नगर अधिवेशन ३० कात्तिकमा हुनेछ। यसरी नै प्रदेशसभा क्षेत्रीय अधिवेशन ३ मंसिरमा, एक मात्र प्रतिनिधिसभा क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन ६ मंसिरमा, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका प्रतिनिधिसभा क्षेत्रको अधिवेशन १० मंसिरमा हुनेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after