कांग्रेस महाधिवेशन रोक्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज

कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले आज रिट खारेजको आदेश दिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितलाई विपक्षी बनाउँदै सर्वोच्चमा १८ भदौमा रिट परेको थियो।

रिट निवेदक कांग्रेसकै नेता नरोत्तम बैद्य थिए। उनी बागमती प्रदेशका सांसदसमेत हुन्। रिटमार्फत् बैद्यले महामारीबीच महाधिवेशन प्रक्रिया थाल्न नहुने तर्क गरेका थिए।

कोरोना संक्रमणबाट लाखौं मानिसको स्वास्थ्य जोखिममा पर्ने भन्दै महाधिवेशनको प्रक्रिया रोक्नुपर्ने माग रिटमा गरेका थिए। तर उनकाे रिटमाथि सर्वाेच्चले अन्तरिम आदेश दिएन।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमान)

काठमाडौं । अहिले नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक …

प्रतिकृया दिनुहॊस