रेमिट्यान्स

ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ । बैंकले रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५,००० रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, त्यसै गरी …

पुरा पढ्नुहॊस »

आईएमईद्वारा सातै प्रदेशमा रेमिट्यान्स साक्षरता कार्यक्रम

काठमाडाैं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले सातै प्रदेशमा रेमिट्यान्स साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ। गत मंसिरबाट सातै प्रदेशमा सन्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदार मित्रहरुको उत्साहपूर्वक उपस्थित रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा सुरक्षित माध्यमबाट रेमिट्यान्स र यसको प्रयोगका विषयमा केन्द्रित रहेर रेमिट्यान्स मार्फत प्राप्त भएको रकम सुरक्षित रूपमा कसरी हस्तान्तरण गर्ने, रेमिट्यान्स गरि रकम पठाउने तथा प्राप्त गर्ने ग्राहकले विशेषगरी के कुरामा ध्यान पुर्याउने तथा …

पुरा पढ्नुहॊस »

इसेवाबाट थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने

काठमाडाैं । भुक्तानी सेवा प्रदायक इसेवामार्फत थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने भएको छ । लामो समयदेखि यस पार्कले आगन्तुक पाहुनाहरुलाई स्वच्छ सफा हरियाली वातावरणमा पिकनिक तथा घुमघामको लागि व्यवस्था गर्दै आइरहेको छ। यस पार्कलाई शैक्षिक भ्रमण, विद्यालय पिकनिक, कर्पोरेट पिकनिक, र पारिवारिक जमघटका लागि धेरै लोकप्रिय साइट मानिन्छ। यस पार्कमा धेरै प्रजातिका रूख, बोटबिरुवा र फूलहरूको साथै फोटोग्राफी मन पराउनेहरूले पार्क भित्रै रमाइलो गर्न सक्छन्। पार्कमा पिकनिक स्थल …

पुरा पढ्नुहॊस »

‘आईएमई पे’ कन्दरा ब्यान्डले आयोजना गर्ने कन्सर्टको टिकेटिङ पार्टनर

काठमाडौं । कन्दरा ब्यान्डले देशका विभिन्न ८ स्थानमा आयोजना गर्ने सांगीतिक कार्यक्रमको टिकटिङ पार्टनरको रूपमा ‘आईएमई पे’ रहने भएको छ । कन्दरा सांगीतिक ब्यान्डले नेपाल सरकारको आन्तरिक पर्यटकीय अभियान ‘पहिला घरदेश, अनि परदेश’- आन्तरिक पर्यटनको प्रवर्धन” सन्देश लिई नेपालका विभिन्न ८ स्थानमा कन्सर्ट आयोजना गर्न लागेको हो । हङकङ पोखरा, तगारोमा रूमाल, लेककी हे माया, तिमी पारी, डाँडापारी आदि कालजयी गीतहरू प्रस्तुत गरी नेपाली फोक पप संगीतमा आफ्नो अमिट छाप …

पुरा पढ्नुहॊस »

नयाँ वर्षमा फोनपेको नयाँ अभियान घोषणा

काठमाडौँ । फोनपेले “फोनपे गर्ने हो” नामक नयाँ अभियानको घोषणा गरेको छ । फोनपेसँग सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशमा आधारित अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अप्नाउन प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ । फोनपे क्यू आर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्ताहरुलाई सरल र सुबिधाजनक बनाउँदै, धेरै मानिसहरु माझ थप उजागर गराउनु, यस अभियानको …

पुरा पढ्नुहॊस »

आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ र एजुकेशन पार्कबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार आईईएलटीएस र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छुट हुनेछ । सम्झौताअनुसार सिभिल मल काठमाडौंको आठौं तलामा रहेको एजुकेसन पार्कमा आईईएलटीएस र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पे मार्फत शुल्क भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । यही पुस ६ गतेबाट लागू भएको यो योजना आगामी तीन महिनासम्म चल्ने छ । सम्झौतापछि …

पुरा पढ्नुहॊस »

खल्तीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एप्लाइड फिनटेक इन्जिनियरिङ पाठ्यक्रम ल्याउने

काठमाडाैं । ‘खल्ती’ ले पुल्चोक इन्जिनियरिङ क्याम्पससँगको सहकार्यमा स्नातक तहका विद्यार्थीहरूलाई ‘अप्लाइड फिनटेक इन्जिनियरिङ् कोर्स ’अध्ययन गर्ने सुविधा उपलब्ध गराएको छ। त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त सो पाठ्यक्रममा, फिन्टेकमा रुचि राख्ने स्नातक तहका विद्यार्थीहरूले समावेश हुन सक्नेछन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्नातक तहमा ‘इलेक्ट्रोनिक्स र कम्प्युटर’ विषय अध्ययनरत विद्यार्थीहरूले यस विषयलाई अन्तिम सेमेस्टरमा छनोट गर्न सक्नेछन्। नेपालको शिक्षा प्रणालीलाई अझै उत्कृष्ट बनाउन व्यवहारिक शिक्षाको महत्वपूर्ण भूमिका रहेको अवस्थालाई मध्यनजर गर्दै खल्तीले अप्लाइड …

पुरा पढ्नुहॊस »

ई-सेवा केयरको क्रिसमस अफर, ३६ हजारसम्म क्यासब्याक पाइने

काठमाडाैं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई सेवाले अत्यधिक रुचाइएको ई-सेवा केयर सुविधामा क्रिसमस अफरअन्तर्गत ३६ हजार क्यासब्याक पाइने अफर सार्वजनिक गरेको छ। दैनिक एक रुपैयाँभन्दा कममै हेल्थ केयर सुविधा लिन सकिने ई सेवा केयरमा यस्तो अफर सार्वजनिक गरिएको हो। अफरअन्तर्गत वर्षको ३६०रुपैयाँमा २ लाख ३०हजारसम्मको कभरेज प्रदान हुनेछ। यो सेवा आज (पौष८_ खरिद गरेमा एक जना भाग्यशाली विजेताले सय गुणा अर्थात् ३६ हजारको क्यास ब्याक पाउनेछन् …

पुरा पढ्नुहॊस »

आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ‘भिजा पार्टनरसिप’ अवार्डबाट सम्मानित भएको छ । काठमाडौँमा आयोजित भिजा लिडरसिप कन्क्लेभ २०२३ मा उत्कृष्ट फिनटेक कम्पनीको रूपमा आइएमई पे लाई भिजाले ‘एक्सिलेन्स इन फिनटेक पार्टनरसिप’ अवार्डबाट सम्मानित गरेको हो । यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि आइएमई पे र भिजा बिचको बलियो साझेदारीलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ । आइएमई पे ले हाल …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेसको मेगा बम्पर उपहार अन्तर्गत राजु तामाङले पाए ५ लाख ३० हजार नगद

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं’ योजना अन्तर्गत मेगा बम्पर उपहार ‘आफुले पठाएको भन्दा १० गुणा बढी पाउने’ बिजेताको नाम घोषणा गरेको छ । चर्चित हास्य कलाकार साथै सिटी एक्सप्रेसका ब्राण्ड एम्बासडर जितु नेपाल र कम्पनीका प्रबन्ध निर्देशक चन्द्र टण्डनको बिशेष उपस्थितीमा विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदी अरबबाट रेमिटान्स पठाउने राजु तामाङले आफुले पठाएको रकम ५३,०७५ (अक्षरूपी त्रीपन्न हजार पचहत्तर) …

पुरा पढ्नुहॊस »