प्रवासी नेपाली श्रमिकका लागि डिजिटल योगदान सुरु, फोनपे र सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाडौं । नेपालकै अग्रणी भुक्तानी नेटवर्क फोनपे र सामाजिक सुरक्षा कोषबीच प्रवासी नेपाली श्रमिकलाई लक्षित गर्दै डिजिटल माध्यमबाट कोषमा योगदान बुझाउने सुविधा सुरु गर्ने सम्झौता भएको छ।

अब विदेशमा रहेका नेपाली श्रमिकले फोनपे नेटवर्कअन्तर्गतका बैंकको मोबाइल बैंकिङ एपमार्फत सीधै सामाजिक सुरक्षा कोषमा योगदान बुझाउन सक्नेछन्। यस पहलले फोनपे नेटवर्कको पहुँच र प्रविधिको उपयोग गरी योगदान प्रक्रिया अझ सहज र सुलभ बनाउने लक्ष्य राखेको छ।

सम्झौतामा फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरेका हुन्।

दुबै संस्थाका वरिष्ठ पदाधिकारीको उपस्थितिमा भएको कार्यक्रममा अधिकृत पारस कुँवर भने, “फोनपे नेटवर्कको व्यापक पहुँचका कारण यो सहकार्य प्रवासी नेपाली श्रमिकका लागि निकै उपयोगी हुनेछ। यसले उनीहरूलाई सामाजिक सुरक्षा कोषमा सहज तरिकाले योगदान गर्न सहयोग पुर्‍याउनेछ र रेमिट्यान्स पठाउन औपचारिक च्यानलको प्रयोगलाई पनि प्रोत्साहन गर्नेछ।”

सो अवसरमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले भने, “हाम्रो उद्देश्य हरेक नेपाली श्रमिकको आर्थिक सुरक्षा सुनिश्चित गर्नु हो, चाहे उनीहरू जहाँ भए पनि। फोनपे नेटवर्कमार्फत मोबाइल बैंकिङ प्रयोग गरी योगदान प्रक्रिया अझ सरल र पहुँचयोग्य हुने विश्वास गरेका छौँ। यसले प्रवासी श्रमिक र नेपालको सामाजिक सुरक्षा प्रणालीबीचको सम्बन्ध अझै मजबुत बनाउनेछ।”

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री