ईसेवा मनि ट्रान्सफर र जापानको यहेई रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौं । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफर र जापानस्थित यहेई रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र यहेई रेमिटका प्रबन्ध निर्देशक नविन निउरेले हस्ताक्षर गरेका हुन् ।

यस  सहकार्यले रेमिट्यान्स सेवामा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको  र अब जापानमा बसोबास तथा रोजगारीमा रहेका नेपालीहरूले यहेई रेमिटको मोबाइल एप प्रयोग गरी नेपालमा रहेका आफ्ना परिवारजनलाई ईसेवा मनि ट्रान्सफरमार्फत सजिलै रेमिट्यान्स पठाउन सक्नेछन् ।

यहेई रेमिट मार्फत जापानबाट पठाइएको रकम नेपालमा रहेका प्राप्तकर्ताहरूले ईसेवा मनि ट्रान्सफरका १३,८०० भन्दा बढी भुक्तानी केन्द्रहरू, बैंक तथा वित्तीय संस्थाहरू, साथै इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट तथा ईसेवा वालेट मार्फत सहज रूपमा प्राप्त गर्न सक्नेछन ।

सम्झौताबारे प्रतिक्रिया दिंदै ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत श्री अजेश कोईरालाले भने, ‘यहेई रेमिटसँगको भएको यो रेमिट्यान्स भुक्तानी सम्झौताबाट हामी अत्यन्त  उत्साहित छौँ । अब जापानबाट नेपालमा रेमिट्यान्स पठाउनने प्रक्रियालाई थप सहज, सुरक्षित, भरपर्दो र सुविधाजनक बनाउन सकिने हाम्रो विश्वास छ ।’

ईसेवा मनि ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रमार्फत देशभर  रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त यो संस्था एफवान सफ्ट ग्रुपअन्तर्गतको एक भगिनी कम्पनी हो । एफवान सफ्टले २ करोडभन्दा बढी व्यक्तिहरू र १ लाख ३० हजारभन्दा बढी संस्थाहरूलाई फिनटेक समाधानमार्फत सशक्त बनाउँदै आएको छ ।

यहेई रेमिट जापानको टोकियोस्थित Yehey Japan Co. Ltd. द्वारा सञ्चालित एक रेमिट्यान्स सेवा प्रदायक कम्पनी हो । यस कम्पनीको स्थापना जुलाई २००७ मा भएको हो र यो कान्टो लोकल फाइनान्स ब्यूरोबाट लाइसेन्स नं. ०००७४ अन्तर्गत नियमन गरिन्छ । यहेई रेमिटले छिटो, सुरक्षित र प्रयोगमैत्री मोबाइल रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ, जसले जापानमा रहेका नेपाली प्रवासीहरूलाई नेपालमा रहेका आफ्ना परिवार तथा प्रियजनहरूलाई सजिलै र विश्वसनीय रूपमा रकम पठाउन सहयोग पुर्‍याएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री