समाचार

नेपालमा प्याजको अस्वाभाविक मूल्य वृद्धि

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत महसुुल तोकेसँगै देशकै ठुलो तरकारी बजार कालीमाटीमा प्याज आउन बन्द भएकाले बिक्री हुन छोडेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा आइतबार रातिदेखि प्याज भित्रिएको छैन । सामान्य अवस्थामा औसतमा भारतबाट एक सय मेट्रिक टन प्याज भित्रिँदै आएको बजारमा आइतबार बिहान ४० मेट्रिक टन प्याज भित्रिएको थियो । त्यसयता बजारमा प्याज भित्रिएको तथ्याङ्कमा देखिँदैन । बजारमा प्याज भित्रिन छाडेसँगै …

पुरा पढ्नुहॊस »

ललिता निवास प्रकरणमा ६ जनाले गरे जग्गा फिर्ता

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धान पूरा गरी मङ्गलबार काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ । झन्डै सात सय पृष्ठ लामो अनुसन्धान प्रतिवेदनमा सिआइबीले ललिता निवासको २९९ रोपनी नौ आना तीन दाममध्ये १४३ रोपनी छ आना तीन पैसा तीन दाम सरकारी जग्गा योजनाबद्ध रूपमा सङ्गठित समूहले किर्ते गरेको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ । ५७ दिन लगाएर गरिएको …

पुरा पढ्नुहॊस »

उच्चस्तरीय छानबिन समिति बनाउन बोलाइयो सर्वदलीय बैठक

काठमाडौँ । सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समिति बनाउन सर्वदलीय बैठक बस्दैछ । बिहान ११ बजेपछि सर्वदलीय बैठक बस्न लागेको हो । यसअघि मंगलबार बस्ने भनिए पनि नेताहरूको व्यस्तता र अस्वस्थताले बस्न सकेको थिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा यसअघि सोमबार बसेको बैठकमा संसद्‌को गतिरोध अन्त्यका लागि सहमति नजिक पुगेको नेताहरूले बताएका थिए । संसद्‌ बैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागअनुसार सुन तस्करी प्रकरणको छानबिनका लागि …

पुरा पढ्नुहॊस »

बुद्धनगरमा दाम्लोसहित भागेको भैँसी समात्न प्रहरी परिचालन

काठमाडौँ । काठमाडौँको बुद्धनगरमा एउटा भैँसीले आतंक मच्चाएको छ । दाम्लोसमेत रहेको बिहानदेखि बुद्धनगरमा रहेको हो । भैँसी समात्न प्रहरी खटिएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । पालिएको ठाउँबाट दाम्लोसहित भागेको एउटा भैँसी अलपत्र अवस्थामा बिहान बुद्धनगरमा भेटिएको हो । भैँसी कहाँबाट आयो र कसले पालेको हो भन्ने खुलिसकेको छैन । भैँसीले हान्न सक्ने भन्दै प्रहरीको टोलीले स्थानीयलाई सजग गराइरहेका छन् । पसल सञ्चालकहरू पनि आधा सटर बन्द गरेर …

पुरा पढ्नुहॊस »

पर्यटनमन्त्री सुदन किराँतीलाई पितृ शोक

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किराँती बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौँको वीर अस्पतालमा निधन भएको हो । किराँती बुवा हर्कबहादुर विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थिए । मन्त्री किराँतीले सामाजिक सञ्जालमार्फत बुवाको निधन भएको जानकारी दिएका छन् । बुवाको निधन भएपछि किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्- ‘आजबाट हामी पूर्ण रूपमा टुहुरो भयौँ, तर कर्तव्यबाट टुहुरो बन्न मिल्दै मिल्दैन …

पुरा पढ्नुहॊस »

दिउँसो ३ बजे संसद् बैठक, एमालेले अवरोध नगर्ने

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । लामो समयदेखि प्रतिनिधि बैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको बैठकमा भने अवरोध नगर्ने जनाएको छ । सोमबार साँझ बसेको सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको बैठकले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेका थिए।  सो बैठकमा अब निर्धारित समयमै संसद् बैठक बस्ने सहमति पनि भएको थियो । सोही बमोजिम आज दिउँसो बस्ने …

पुरा पढ्नुहॊस »

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमान)

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । नेपालमा हाल भारतको केन्द्रीय मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही र बाँकी प्रदेशका …

पुरा पढ्नुहॊस »

छात्रवृत्ति पाएका विद्यार्थीबाट शुल्क लिए बालेनले कारबाही गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क तिर्नुनपर्ने स्पष्ट गरेको छ । कतिपय शिक्षालयमा आन्तरिक, प्रयोगशाला र विविध शीर्षकका नाममा शुल्क लिएको तथा स्थान अभावका कारण देखाएर भर्ना लिन आनाकानी गरेको भन्ने गुनासोका सन्दर्भमा महानगरपालिकाको शिक्षा विभागले सुनुवाइ र सम्बोधन गरेको छ । विभागले यही भदौ १ गते पत्र पठाइ कक्षा …

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो । नेपालको …

पुरा पढ्नुहॊस »

देउवाले गरे कांग्रेस अनुशासन समितिमा चार सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समितिमा चार जना सदस्य मनोनयन गरेका छन् । केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई सभापति देउवाले मंगलबार अनुशासन समिति सदस्य पदमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । अनुशासन समिति संयोजक, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना छन् । संयोजक तोकेको एक वर्षपछि समितिमा ४ सदस्य मनोनीत गरिएको हो । २०७९ साउन २ गते सभापति देउवाले …

पुरा पढ्नुहॊस »