दिउँसो ३ बजे संसद् बैठक, एमालेले अवरोध नगर्ने

काठमाडाैँ । प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । लामो समयदेखि प्रतिनिधि बैठकमा अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले आजको बैठकमा भने अवरोध नगर्ने जनाएको छ ।

सोमबार साँझ बसेको सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुको बैठकले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेका थिए।  सो बैठकमा अब निर्धारित समयमै संसद् बैठक बस्ने सहमति पनि भएको थियो । सोही बमोजिम आज दिउँसो बस्ने प्रतिनिधि सभाको बैठकमा अवरोध नगर्ने एमालेले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गतेदेखि प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको  छ । विमानस्थलबाट चेकजाँच पास गराएर बाहिरिदै गरेको अवस्थामा बरामद गरिएको ब्रेक-सु मा राखेर ल्याइएको करिब ६० किलो सुन  प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस