स्वास्थ्य

फाइजरपछि मोडर्ना खोपले पनि पायो अमेरिकामा मान्यता

काठमाडौं । अमेरिकी सरकारले कोभिड-१९ खोप मोडेर्नालाई दोस्रो खोपको रूपमा अनुमति दिएको छ । यसले खोपको दशौँ लाख मात्रा वितरण गर्न बाटो खुला भएको बताइएको छ । अमेरिकी खाद्य तथा औषधि नियामक संस्था (एफडीए) ले गत हप्ता अनुमति दिएको फाइजर बायोएनटेकपछि मोडेर्ना वितरणमा आएको छ । अमेरिकी सरकारले २० करोड मोडेर्ना खोप किन्न सहमति दिएको छ, जसमध्ये ६० लाख अब वितरणका लागि विभिन्न स्थानमा पठाउन तयार हुने बताइएको छ । …

पुरा पढ्नुहॊस »

विश्वभर बढ्दै कोरोना ग्राफ, भारतमा १ करोड नाघे संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा २६ हजार संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ करोड ४ हजार ८२५ पुगेको हो । प्रभावित मुलुकको दोस्रो स्थानमा रहेको भारतमा गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ३४२ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार १७१ जना पुगेको छ । यस्तै विश्वभर कोरोना भाइरसका नयाँ संक्रमण र मृत्युदर अझै …

पुरा पढ्नुहॊस »

एसियामा कोरोनाको खोप आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ

जाकार्ता । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ । संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो । ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो । त्यसैगरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पुर्याउने कुरा …

पुरा पढ्नुहॊस »

विश्वमा कोरोना जित्नेको संख्या ५ करोड २३ लाख नाघ्‍यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ५ करोड २३ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड २३ लाख ५४ हजार १५३ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत …

पुरा पढ्नुहॊस »

कोरोनाबाट सबैभन्दा बढी ‘आक्रान्त’ अमेरिकामा खोप दिन थालियो

काठमाडौं । कोभिड-१९ को संक्रमणबाट सबैभन्दा बढी ‘आक्रान्त’ मुलुक अमेरिकाले आजदेखि खोप लगाउने अभियान शुरु गर्दैछ । अमेरिकी अधिकारीहरुले खोप लगाउनका लागि आवश्यक पर्ने सामग्रीको आइतबारदेखि ढुवानीको काम शुरु भएको जनाएका छन् । आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्न अनुमति दिइएको ‘फाइजर–बायोएनटेक खोप’ अमेरिकामा पनि सर्वसाधारणलाई लगाइने भएको हो । अमेरिकी नियामक निकायले उक्त खोप प्रयोगका लागि शनिबार अनुमति दिएको थियो । यो खोप लगाउन सबैभन्दा पहिला बेलायतमा अनुमति दिइएको थियो …

पुरा पढ्नुहॊस »

रामेछापकी १९ वर्षीया स्वास्थ्य अभियन्ता मन्दिरा श्रेष्ठ ग्लोकल टीन हिरो २०२० उपाधिबाट सम्मानित

काठमाडौ । ग्लोकल प्रा. लि. द्वारा आयोजित “ग्लोकल टीन हिरो २०२०” को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन् । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम “वाई वाई ग्लोकल टिन हिरो” नेपालको यो छैठौं संस्करण हो । अनलाईन कार्यक्रमकोबीच ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो । भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय, …

पुरा पढ्नुहॊस »

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४३ हजार नाघ्यो

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३९१ जनाको मृत्यु भएको छ । भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ४३ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ४३ हजार १९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ३० हजार २५४ जना …

पुरा पढ्नुहॊस »

पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ । आफू कोरोनाबाट सङ्क्रमित भएको उनले शुक्रबार सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् । पूर्व कप्तान खड्काले शुक्रबार बिहान पीसीआर परीक्षण गराएका हुन् । सोही दिन उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेका थिए । कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने …

पुरा पढ्नुहॊस »

घटेन कोरोना ग्राफ, विश्वमा संक्रमितको संख्या ७ करोड नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ७ करोड ६ लाख नाघेको छ भने १५ लाख ८७ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७ करोड ६ लाख ९८ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको …

पुरा पढ्नुहॊस »

घटेन कोरोना ग्राफ, विश्वमा संक्रमितको संख्या ६ करोड ९२ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या ६ करोड ९२ लाख नाघेको छ भने १५ लाख ७५ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६ करोड ९२ लाख २८ हजार ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको …

पुरा पढ्नुहॊस »
This will auto close after