गायिका मिना ढकालको “काली गोरी नेपालकी छोरी ” बोलको लोक पप गीत गीत सार्वजनिक भएको छ । मिना ढकालको शब्द सिर्जना तथा राज खड्काको लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ । मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलार्य राजेश कुमारले सम्पादन गरेका छन । भिडियोमा मोडल सोनिका रोकायाको अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी छिन ।
पुरा पढ्नुहॊस »सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने,अवार्डको आवेदन फारम असार १ गतेबाट
काठमाडौं। ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला हुने आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । यस अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, पप र भजन तर्फबाट ४० विधामा अवार्ड प्रदान गरिने आयोजक समितिले जनाएको छ । अवार्डमा चलचित्रतर्फ …
पुरा पढ्नुहॊस »इलाम समाज यूके द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र सार्वजनिक
बेलायत । बेलायतको अल्डरशट स्थित एम्पायर हलमा ”इलाम समाज यूके” द्घारा “इलाम हाम्रो पहिचान” नामक वृतचित्र औपचारिक रुपमा सार्वजनिक गरेका छन । ग्रेटर रशमूर नेपाली समाजका अध्यक्ष जीवा बेलाबासेको बिशेष आतिथ्य रहेको उक्त कार्यक्रममा ईलाम समाज बेलायतका अध्यक्ष गोपाल गिरी अनि वरिष्ट सल्लाहकार कमल राईले सञ्युक्त रुपमा अनावरण गरी सार्वजनिक गरेका हुन । सार्वजनिक पश्चात इलाम समाजका कार्यसमितिका सदश्यहरु, बिशेष अतिथी अनि इलाम समाजका विशिष्ट सदश्यहरुको उपस्थितिमा वृतचित्र प्रदर्शन गरिएको थियो । करिव दुई घण्टाको वृतचित्रमा समग्र इलामको साँगोपागोँ भौगोलिकअवस्था, प्राकृतिक सौदर्य, कला, संस्कार, संस्कृति, भाषा र मौलिक परम्पराहरु समेटिएका छन । उक्त वृतचित्र निर्माणमा उल्लेखनिय योगदान दिनुहुने डिल्ली कुमार गुरुङ ज्युले इलामको परिवेशलाई चारै ऋतु अनि हरेक महिनामा मनाईने चाँडपर्व जस्ता महत्वपूर्ण कुरोहरु समाविष्ट गर्ने हेतुले सन २०१७ को जनवरीबाट छायांकन शुरुगरिएको वृतचित्र यो बर्षको जनवरीमा शुटिङ कार्य समाप्ती सगैँ एडिटिङ् र अन्य प्राविधिक कार्यहरु अप्रिलमा पूर्ण गरी अहिले सार्वजनिक गरिएको जानकारी दिनु भयो । कर्म भुमी बेलायतमा जीवन ब्यतित गरिरहेका इलामेहरुको एक्यबद्धताको प्रतिकको रुपमा रहेको इलाम समाज बेलायतले आफ्नो गृह जिल्ला इलामको सम्झनालाई पुस्तौ पुस्ता जोगाईराख्न अनि इलामलाई विश्वब्यापी रुपमा अझै सशक्त ढंगलेचिनाउने हेतुले यस वृतचित्र निर्माण गरेका छन । यस वृतचित्रको निम्ती निर्देशन, क्यामेरामेन र सम्पादनको काम सुरेश काफ्लेले गरेका छन भने वृतचित्रको निम्ती “इलाम हाम्रो पहिचान” बोलको गीतको शब्द संयोजन गीतकार मुकेश राइले गरेका छन साथै संगीत र स्वर मन थुलुङ्अनि सुनिता थेगिमको रहेको छ । यस वृतचित्र निर्माणको निम्ती समग्र बेलायतवासी इलामेहरुले आर्थिक सहयोग अनि स्पोन्सर गरेका छन ।वृतचित्रको प्रदर्शन पश्चात दर्शकहरुले अतिनै रोचक अनि आफ्नो गाउँ पुगेको अनुभूति दिलाउने बनेको प्रतिकृया दिएका थिए भनेकतिपयले आफ्नै जिल्लामा रहेर पनि छाँयाकंन गरिएको कुरोहरु थाहा नभएको र परदेशमा रहेर पनि यसरी यस् वृतचित्र मार्फत जान्न पाउँदा खुशी लागेको बताएका छन । अन्त्यमा इलाम् समाज बेलायतका अध्यक्ष गोपाल गिरी ज्युले उपस्थित सम्पूर्णलाई धन्यवाद दिदै आउँदा दिनहरुमा यो वृतचित्र भिडियो इलामेहरुको निम्ती मात्रै नभई सम्पूर्ण नेपालीहरुकै निम्ती पनि गर्व महसुस गराउने दस्तावेजको रुपमा रहनेकुरोमा आफु विश्वस्त रहेको बताउनु भयो साथै यो वृतचित्र निर्माणको निम्ती एक्यबद्ध भएर प्रत्यक्ष, अप्रत्यक्ष रुपमा आवश्यक सल्लाह अनि सहयोग गर्नुहुने सम्पूर्ण इलामेहरू प्रति आभर ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।
पुरा पढ्नुहॊस »मिस्टर एण्ड मिस नेपाल एसइइ आइकनको ग्राण्ड फिनाले जेष्ठ २१ मा
काठमाडौँ । एसईई परिक्षा दिएर परिणामको प्रतीक्षा रहेका विद्यार्थीबिच एएनपी मिडिया हाउस, ललितपुरले आगामी जेठ २१ गते राजधानीमा मिस्टर एण्ड मिस नेपाल्स एसइइ आइकन २०१८ आयोजना गर्ने भएको छ। एसइइ दिएर बसेका छात्रछात्राको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तथा उनीहरुको समयलाई खेर नफाली बिदाको समयलाई सही सदुपयोग गराउने उद्देश्यले यो प्रतिभामूलक प्रतियोगिता आयोजना गर्न लागिएको एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराए। उनका अनुसार प्रतियोगितामा सामेल सम्पूर्ण …
पुरा पढ्नुहॊस »चलचित्र ‘अनुराग’को रोमान्टिक गीत रिलिज
चलचित्र ‘अनुराग’को रोमान्टिक गीत रिलिज भएको छ । ‘यस्तो साथी तिम्रो बन्छु म’ बोलको गीतमा सुगम पोख्रेल र अन्जु पन्तको स्वर, सत्यराज यस आरसीको शब्द, सरोज पोख्रेलको संगीत छ ।चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका छ ।
पुरा पढ्नुहॊस »नायिका निशा अधिकारी आमा बनिन्
काठमाडौं । क्रिकेटर शरद भेष्वाकरसँग बिहे गरेकी नायिका निशाले बिहिबार छोरालाई जन्म दिएकी छिन् । निशा गर्भवती भएको केही महिनामै अमेरिका पुगिकी थिइन् । उनले अमेरिकामा नै छोरालाई जन्म दिएको र आफूहरु निकै खुशी भएको फेसबुक लेखेकी छिन् । निशाले छोराको नाम ‘यूभान निशारद’ राखेकी छिन् । उनले छोरा स्वास्थ्यस्थित राम्रो रहेको बताएकी छिन् ।
पुरा पढ्नुहॊस »चलचित्र ‘पण्डित बाजेको लौरी’को रमाइलो टिजर सार्वजनिक भएको छ ।
चलचित्र ‘पण्डित बाजेको लौरी’को रमाइलो टिजर सार्वजनिक भएको छ ।चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, बिजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र बीक, बिशाल पहारी, कुलदिप अधिकारी मुख्य भूमिकामा छन् । यो चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, विदुर गिरीको छायांकन, मित्र डी गुरुङको सम्पादन, विक्रम स्वाँर र दीपकमान सिंहको कोरियोग्राफी, श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत छ ।
पुरा पढ्नुहॊस »‘तिमीलाई मनका कुरा भनु कसरी’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
कबिता बलामी र कमल बिष्टको तिमीलाई मनका कुरा बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द पप्पु थापा मगर र संगीत कमल बिष्टको रहेको छ । भिडियोमा सुबाश तिमल्सिना र निर्मला तामाङको अभिनय रहेको छ । भिडियोलाई केशव विश्वकर्माले छायाकन गरेका हुन भने मोहन सुनुवारले सम्पादन गरेका हुन ।
पुरा पढ्नुहॊस »सुरु भयो ‘छक्का पन्जा ३’को छायांकन
काठमाडाै । २ वटा सिक्वेल ब्लकबस्टर भर्इसकेपछि चलचित्र ‘छक्का पन्जा’को टिमले तेश्रो सिक्वेलको छायांकन सुरु गरिसकेकाे छ । भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । यो चलचित्रको छायांकन काभ्रे, दमौली, पोखरा लगायतका स्थानमा गरिने छक्का पन्जा टिमले जानकारी दिएकाे छ । आमा सरस्वती मुभिजको प्रालिको ब्यानरमा आईएमइको प्रस्तुतीमा यो चलचित्र निर्माण हुँदैछ । यो चलचित्र असोज ३० गतेबाट रिलिज हुनेा वतार्इएकाे छ । चलचित्रमा जीतु नेपाल र …
पुरा पढ्नुहॊस »अशोक दर्जीको पहिलो गीत सार्वजनिक ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ (भिडियो सहित )
काठमाडौं । बालगायक अशोक दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बुधबार सार्वजनिक भएको छ। ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ बोलको गीतमा शब्द बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत गायक तथा सङ्गीतकार टंक बुढाथोकीको रहेको छ। म्युजिक भिडियोमा दर्जी आफैले अभिनय गरेका छन् ।
पुरा पढ्नुहॊस »