मनॊरञ्जन

अभिनेत्री श्रीदेवीको निधन

बलिउड अभिनेत्री श्रीदेवी कपुरको निधन भएको छ । ५४ वर्षिय अभिनेत्री कपुरको शनिबार राती निधन भएको भारतिय संचार माध्यम इन्डियन एक्सप्रेसले जनाएको छ ।  दुबईको एक विवाह समारोहमा भाग लिन गएकी श्रीदेवीको शनिवार दुबईमै निधन भएको थियो । श्रीदेवी  १३ अगस्ट १९६३ मा तामिलनाडुमा जन्मिएकी हुन्। उनले आफ्नो करियर त्यसबेला सुरु गरिन्, जतिबेला उनी चार बर्षकी थिइन् । त्यसबेला उनले तमिल फिल्म गरेकी थिइन् । दक्षिण भारतिय फिल्ममा काम गरेपछि श्रीदेवीले …

पुरा पढ्नुहॊस »

टाईगरको ‘बाघी २’ ट्रेलर सार्वजनिक

टाइगर श्राफ स्टारर फिल्म ‘बाघी २’ को सार्वजनिक भएको छ ।मार्च ३० मा प्रदर्शन हुने ‘बाघी २’ को तेस्रो सिरिज ‘बाघी ३’ पनि घोषणा भैसकेको छ । टाइगर र श्रद्धा कपुर स्टारर ‘बाघी’ हिट भएको थियो ।

पुरा पढ्नुहॊस »

सोनम कपुरले पछि पारिन् प्रियंका र दीपिकालाई

मुम्बई । पछिल्लो समय चर्चामा रहेको स्कोर टे्रडर्स इण्डिया पपुलारिटी चार्टले बलिउडकी ‘स्टाईल आइकन’ भनिने सोनम कपुरलाई बलिउडकी नम्बर वान हिरोइन बनाएको छ । गएको हप्ता दिपिका पादुकोण नम्बर वान थिइन् । रानी पद्यावतीको भुमिका निर्वाह गर्दै चर्चामा आएकी दिपिकालाई पछि पार्दै सोनम नम्बर वानमा उक्लिन सफल भएकी हुन् । यो सूचीमा ग्लोबल आइकन पि्रयंका चोपडा दोस्रो स्थानमा छिन् ।

पुरा पढ्नुहॊस »

गायक युवराज चौलागाईको ‘मनको सुन्दर फुलबारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं ।गायक युवराज चौलागाईको ‘मनको सुन्दर फुलबारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ  । यस  म्युजिक भिडियोमा अनु शाह, प्रविन ठकुरी र दिपक श्रेष्ठले अभिनय गरेका छन् । लक्ष्मण श्रेष्ठको संगीत र विपिन किरणको शब्द रहेको छ ।

पुरा पढ्नुहॊस »

भ्यालेन्टाईन डे मा अनिल सिंहको “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं ।गायक अनिल सिंहको नयाँ नेपाली पप गीत “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् । फरक धारमा निर्मित ““सु-स्वागतम”” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंहको संगीत रहेको छ। त्यस्तैगरी नरेश भट्टराईको शब्द र विशाल पौडेलको एरेञ्जरमा तयार पारिएको भिडियोलाई टेकेन्द्र शाहले …

पुरा पढ्नुहॊस »

बाबु बाेगटीको “हप्पी भ्यालेन्टाईन ” सार्वजनिक

काठमाडौं ।  गायक बाबु बाेगटीको गीत “हप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ । भ्यालेनचाईन डे लाई लक्षित्त गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी (अफिसियल) मार्फत वाहिर ल्याइएको हो। विल्कुलै फरक धारमा रहेको उक्त गितमा बाबु बाेगटीको शब्द ,संगीत र आवाज रहेको छ। मोहित मुनालको एरेञ्जमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्।

पुरा पढ्नुहॊस »

युट्युवमा नेपाली फिल्म ‘दर्पण छायाँ २’

काठमाडौं । गत वर्ष प्रदर्शनमा आएको नेपाली फिल्म ‘दर्पण छायाँ २’ युट्युव रिलिज भएको छ । साबु गदाल कार्की र रवि कार्कीले बनाएको फिल्म ‘दर्पण छायाँ २’ मा पुष्प खड्का, सारा कार्की, फिरोज तिमल्सिना, श्रद्धा प्रसाईं लगायत युवा कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

पुरा पढ्नुहॊस »

मिस ईकलेज २०१८ का प्रतियोगीले देखाए प्रतिभा

काठमाडौं ।  मिस ईकलेज सिजन ८ मा सहभागी २९ जना प्रतियोगीहरुले कमलादी स्थित सिडव्लु पार्टी प्यालेसमा आज भएको एक कार्यक्रम विच आफ्नो आफ्नो प्रतिभा प्रस्तुत गरेका छन । उक्त कार्यक्रममा सृजना लामाको पहिलो जुनी वोलको गीत गाएर कार्यक्रमको शुभारम्भ गरेकी थिइन।  रोजीना केसीले  गैरी खेतको सिरै हान्यो  गितको वोलमा , सोफीया श्रेष्ठले नेवारी गितमा, मनिषा वराइली र रोजनी मर्हजनले पनि कतिमाया लाग्छ भन्ने गितमा आफ्नो  नृत्य प्रस्तुत गरेका थिए  भने फुरुलामा सेर्पाले …

पुरा पढ्नुहॊस »

चलचित्र ‘पञ्चेबाँजा’को ‘म केहि बोलुँ’ बोलको गीत सार्वजनिक

चलचित्र ‘पञ्चेबाँजा’को ‘म केहि बोलुँ’ बोलको गीत सार्वजनिक भएको छ।  राहुल विश्वासको स्वर, कालिप्रसाद बाँस्कोटाको संगीत, सविन एकतारेको शब्द रहेको छ । यो चलचित्रमा सौगात मल्ल, कर्मा, जश्मिन श्रेष्ठ, वुद्दि तामाङ लगायतका कलाकारको भूमिका रहेको  छ । यो चलचित्र फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् ।

पुरा पढ्नुहॊस »
This will auto close after