मिस्टर एण्ड मिस चितवन मोडलको उपाधी राजेश र सृष्टिले हात पारे

काठमाडौं । मिस्टर एण्ड मिस चितवन मोडल २०१८ को उपाधि मिस्टर तर्फ राजेश कुमाल र मिस तर्फ सृष्टि भण्डारीले हात पारेका छन् । मोडल सङ्गस नेपालको प्रस्तुती एवं युनीभर्सल जुम ईन्टरटेन्मेन्टको व्यबस्थापनमा आयोजना भएको मिस्टर एण्ड मिस चितवन मोडल २०१८ मा सहभागीहरुमध्ये बाट अन्य प्रतियोगीलाई पछि पार्दै राजेश र सृष्टिले उक्त ताज जितेका हुन् ।

विजेताहरुले उपाधी सहित नगद  ४०-४० हजार तथा विभिन्न गिफ्टह्याम्पर प्राप्त गरेका थिए । त्यस्तै, फस्ट रनर अपमा अस्मिता नेपाली र सेकेण्ड रनरअपमा सृजना गिरीले उपाधी हात पारेका छन् ।

चितवनको भरतपुरस्थित वी.पी. क्यान्सर हस्पिटलको सभाहलमा आयोजित उक्त ग्राण्ड फिनाले कार्यक्रममा निणार्यक तर्फ मिडिया पर्सन तथा कलाकार राज लुईटेल, मोडल तथा बडि विल्डर संजय राज बिक्रम, अन्तराष्ट्रिय मोडल सनी निधि र व्यापारी एवं समाजसेवी रुवी महतो रहेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘लाज शरणम्’ मा धुर्मुस

काठमाडौं । झण्डै पाँच वर्षपछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा फर्किएका छन् । कुमार …

प्रतिकृया दिनुहॊस