उर्जा

Energy related news.

जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’ अन्तिम चरणमा

काठमाडाैँ । तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’को काम यही पुस मसान्तसम्म सम्पन्न हुने भएको छ । स्वदेशी लगानीमा बन्न लागेको १०६ मेगावाटका सो आयोजनाको विद्युत् उत्पादनगृहमा थप भौगर्भिक अध्ययनका लागि सो काम जारी रहेको जनाइएको छ । टनेलको प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएको छ । जाजरकोट–डोल्पा (भेरी करिडोर) सडकखण्डअन्तर्गत …

पुरा पढ्नुहॊस »

विद्युत् महसुल नतिरेपछि गौतमबद्ध रङ्गशालाको लाइन काटियो

काठमाडाैँ । आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महसुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो । प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ्गशालाको विद्युत् महसुल आठ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यो महसुल चार महिनादेखि भुक्तानी नभएपछि लाइन काटिएको उनले बताए । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको नेतृत्व गरेको …

पुरा पढ्नुहॊस »

विद्युत् खपत कसरी बढाउने भन्ने चुनौती आयो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपत बढाउने चुनौती रहेको बताएका छन् । भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र आंग्रजी नयाँ वर्ष २०२२ का अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले पहिलो कार्यकालमा लोडसेडिङ हटाउने चुनौती रहेकामा अहिले विद्युत् खपत बढाउनुपर्ने चुनौति थपिएको बताएका हुन् । उनले विद्युतको खपत बढाउन आग्रहसमेत गरे । ‘कुनै बेला बिजुली कहिले आउँछ भन्ने अवस्था …

पुरा पढ्नुहॊस »

नेपालले भारतलाई विजुली बेचेर दुई सातामै कमायो ६ करोड

काठमाडौं । नेपालले छिमेकी भारतलाई अहिलेसम्म ६ करोड रुपैयाँ बढीको विद्युत् बेचिसकेको छ । विद्युत् बेच्ने अनुमति पाएको दुई साताभित्र भारतलाई ३ करोड ७७ लाख २ हजार भारु (नेपाली ६ करोड ३ लाख २३ हजार रुपैयाँ) को विद्युत् बेचिएको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार यही कात्तिक २३ गते सबैभन्दा बढी प्रतियुनिट औसत ५ रुपैयाँ ३ पैसा मूल्य प्राप्त भएको छ । यस्तै सबैभन्दा कम कात्तिक १८ …

पुरा पढ्नुहॊस »

होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको ३० मेगावाट बिजुली

काठमाडाैं । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । प्रसारण लाइन निर्माण नहुँदा लामो समयदेखि यो उद्योगले राष्ट्रिय प्रसारणको विद्युत् पाउन सकेको थिएन । विद्युत् नपाउँदा पेट्रोलियम इन्धन प्रयोग गरी विद्युत्को व्यवस्थापन गर्दै आएको थियो । नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई शनिबारबाट विद्युत् आपूर्ति दिएको हो । …

पुरा पढ्नुहॊस »

लक्ष्मीपूजाको दिन पनि नेपालमा मागभन्दा बढी बिजुली

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो । प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो ।

पुरा पढ्नुहॊस »

भारतमा बिजुली विक्रीका लागि निजी क्षेत्रलाई पनि प्रवेश गराउन माग

काठमाडौं । ऊर्जा व्यवसायीहरूले भारतीय विद्युत् एक्सचेन्ज मार्केट अर्थात् खुला विद्युत् बजारमा निजीक्षेत्रलाई पनि प्रवेशका लागि अनुमति दिन सरकारसँग माग गरेका छन् । भारतले गत सोमवार मात्रै आफ्नो खुला बजारमा प्रतिस्पर्धी दरमा विद्युत् विक्री गर्न नेपाललाई स्वीकृति दिएको छ । उक्त सन्दर्भमा निजीक्षेत्रका ऊर्जा व्यवसायीहरूले यस्तो माग गरेका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पानले) बुधवार पत्रकार सम्मेलन गर्दै भारतले विद्युत् खरीदका लागि दिएको अनुमतिको स्वागत गरेको छ । …

पुरा पढ्नुहॊस »

राति १२ बजेसम्म मर्मतपछि भरतपुरमा ३६ घण्टापछि बल्यो बिजुली

काठमाडाैँ । चितवनको बसेनी सबस्टेशन चार्ज भएपछि भरतपुर क्षेत्रमा ३६ घण्टापछि विजुली आएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले गए राति १ बजेदेखि भरतपुरको औद्योगिक क्षेत्र बाहेकमा विद्युत बल्न थालेको जानकारी दिए । चितवनको भरतपुरका विभिन्न क्षेत्रममा बन्द विद्युत् सेवा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैं दिनरात खटेर पुनः सञ्चालन गराएका छन् । विद्युत् अवरुद्ध भएको जनगुनासो आएपछि बुधबार दिउँसो भरतपुरको बसेनीस्थित सबस्टेसन पुगेका घिसिङ …

पुरा पढ्नुहॊस »

भारतमा बिजुली विक्रीका लागि निजी क्षेत्रलाई पनि प्रवेश गराउन माग

काठमाडौं । ऊर्जा व्यवसायीहरूले भारतीय विद्युत् एक्सचेन्ज मार्केट अर्थात् खुला विद्युत् बजारमा निजीक्षेत्रलाई पनि प्रवेशका लागि अनुमति दिन सरकारसँग माग गरेका छन् । भारतले गत सोमवार मात्रै आफ्नो खुला बजारमा प्रतिस्पर्धी दरमा विद्युत् विक्री गर्न नेपाललाई स्वीकृति दिएको छ । उक्त सन्दर्भमा निजीक्षेत्रका ऊर्जा व्यवसायीहरूले यस्तो माग गरेका हुन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पानले) बुधवार पत्रकार सम्मेलन गर्दै भारतले विद्युत् खरीदका लागि दिएको अनुमतिको स्वागत गरेको छ । …

पुरा पढ्नुहॊस »

नेपालले अब भारतमा विद्युत निर्यात गर्ने

नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ। भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको हाे। पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा बिक्री गर्न अनुमति दिइएको छ। दुई विद्युत गृहबाट उत्पादित विद्युतलाई …

पुरा पढ्नुहॊस »