खट्टरले गरे अरूण तेस्रो आयोजनाको निरीक्षण

काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टरले नेपालस्थित ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् आयोजना निरीक्षण गरेका छन्। भारतीय कम्पनी सतलज जलविद्युत् निगम (SJVN) द्वारा निर्माणाधीन यस परियोजनाको निरीक्षण मंगलबार सम्पन्न भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणमा मन्त्री खट्टर नेपालको औपचारिक भ्रमणमा आएका हुन्। भ्रमणका क्रममा दुई मन्त्रीबीच ऊर्जा क्षेत्रको सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित विविध कार्यक्रम तय गरिएको छ।

दुवै मन्त्रीले संयुक्तरूपमा कोसी करिडोर प्रसारणलाइनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। साथै, लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारणलाइन निर्माणसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर गरिनेछ। नेपाल र भारतबीचको विद्युत् सहकार्यलाई बलियो बनाउन यो भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री