उर्जा

Energy related news.

महँगियो ग्यास, सस्तियो बिजुली

काठमाडौं । नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन अब सहज हुने भएको छ । विद्युत अभाव र महँगो महसुल रहेको अवस्थामा हालै माथिल्लो तामाकोसीलगायतका आयोजना नेपाल विद्युत प्राधिकरणको प्रणालीमा थप भएपछि वर्षायाममा मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । अब मागअनुसार बिजुली उपलब्ध हुने अवस्था सिर्जना भएको छ । प्रणालीमा झन्डै दुई हजार मेगावाट बिजुली उपलब्ध भएका सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसालले विदेशी ग्यास छाड्ने र स्वदेशी बिजुली उपभोग गर्ने …

पुरा पढ्नुहॊस »

नयाँ विद्युत् महसुल दरले २५ लाख परिवार लाभान्वित

काठमाडौं । नयाँ विद्युत् महसुल दर निर्धारण भएपछि विपन्न वर्गमा पर्ने देशभरका २५ लाख घरपरिवार लाभान्वित हुने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पाँच एम्पियरको लाइन लिई २० युनिटसम्म विद्युत् खपत गर्ने १९ लाख ४२ लाख आठ सय ७७ घरायसी उपभोक्ता र पाँच लाख ५० हजार सामुदायिक थोक उपभोक्ता गरी २४ लाख ९२ हजार आठ सय ७७ घरपरिवार लाभान्वित हुनेछन् । ‘यसबाट देशको कुल जनसंख्याको एकतिहाइ (एक करोड २० …

पुरा पढ्नुहॊस »

दुई प्रसारण लाइनबाट हात झिक्दै विश्व बैंक

काठमाडौं । समयमै आयोजना सम्पन्न गर्न नसकेको कारण देखाउँदै विश्व बैंक दुई प्रसारणलाइन निर्माणबाट पछि हटेको छ । विश्व बैंककै सहुलियत ऋण र सरकारको लगानीमा हेटौंडा–ढल्केवर–इनरुवा ४०० केभी र हेटौंडा–भरतपुर–बर्दाघाट २२० केभी प्रसारणलाइन निर्माणाधीन छन् । उक्त निकाय यही कात्तिक १४ गतेदेखि आयोजनाको ऋण लगानीकर्ताबाट बाहिरिन लागेको विद्युत् प्राधिकरणका प्रसारणलाइन प्रमुख दीर्घायु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार आयोजनाको पछिल्लो म्याद यही कात्तिक १४ गते सक्किने हुँदा उसले पुनः निरन्तरता नदिने …

पुरा पढ्नुहॊस »

विद्युत् नियमन आयोगद्वारा नयाँ विद्युत् महसुल दर निर्धारण, मङ्सिरदेखि लागू हुने

विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ। निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ। विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क रु ३० मात्र लाग्ने गरी महसुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले जानकारी दिए। उनले भने, …

पुरा पढ्नुहॊस »

दैनिक ४०० मेगावाट विद्युत् खेर

काठमाडौं । विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ । यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ । तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युतलाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन । साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म (करिब साढे ७ अर्ब रुपैयाँ बराबर) विद्युत् …

पुरा पढ्नुहॊस »

सामलिङ्ग पावर कम्पनीको आईपीओ खुल्यो

काठमाडौं  । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओमा आज कात्तिक ४ गतेबाट आवेदन खुला गरिएको छ। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको हो। कुल निष्कासित शेयरमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कम्पनीको कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यसबाहेकको ६ लाख ७८ हजार ९०० कित्ताका सेयरमा भने सर्वसाधारणले आवेदन दिन …

पुरा पढ्नुहॊस »

हाइड्रोपावरको जेसीबीमा आगजनी

काठमाडाैँ । सोलुखुम्बुको मिड सोलु हाइड्रोपावरको जेसीबी मेशिनमा अज्ञात समूहले आगजनी गरेका छन् । सोलु दुधकुण्ड नगरपालिका-६ मा रहेको मिड सोलु हाइड्रोपावरको कार्यक्षेत्रमा पार्किङ गरिराखेको प्रदेश ३-०१००३ प्र.७०४८ नम्बरको जेसीबी मेशिनमाथि अज्ञात समूहले आगजनी गरेको हाे । गत मंगलबार हाइड्रोपावरले कार्यक्षेत्रमै पार्किङ गरी राखेर अपरेटर दशैं मनाउन घर गएको समयमा आगजनी भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी ओम प्रकाश यादवले जानकारी दिए । सोलु दुधकुण्ड नगरपालिका-६ का दिलकुमार बस्नेतको यो …

पुरा पढ्नुहॊस »

बुद्धभूमि नेपालको आईपीओ बाँडफाँड

काठमाडौं  ।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको काठमाण्डौ सुन्धारास्थित कार्यालयमा आज बिहान ११ बजे एक कार्यक्रमबीच आईपीओ बाँडफाँड गरिएको हो। मागभन्दा बढी आवेदन परेको यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। कम्पनीले गत असोज ११ गतेदेखि असाजे १४ गतेसम्म १०० अंकित दरका कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासन गरिएको कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी …

पुरा पढ्नुहॊस »

सामलिङ्ग पावर कम्पनीद्वारा आयोजना प्रभावितका लागि छुट्याईएको साधारण शेयर बाँडफाँट

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रवन्धकत्वमा सामलिङ्ग पावर कम्पनी लिमिटेडले आयोजना अतिप्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयबासीका लागि निष्काशन गरेको साधारण शेयर आज बाँडफाँट गरेको छ। कम्पनीले गत भदौ १८ गतेदेखि असोज १ गतेसम्म आयोजना अतिप्रभावित तथा आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको साधारण शेयरहरु बुधबार बाँडफाँट गरेको …

पुरा पढ्नुहॊस »

मध्यभोटेकाेसीकाे आईपीओ बिक्री खुला

काठमाडौं  ।मध्य भोटेकाेसी जलविद्युत कम्पनी लिमिटेडले आज बुधबार (असोज २० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ। कम्पनीले ९० कराेड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४ प्रतिशत अथवा ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८१ लाख ९० हजार कित्ताका लागि …

पुरा पढ्नुहॊस »