उर्जा

Energy related news.

ग्यास विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३, धैरेनिचौरमा निर्माण भएको ३३-११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रूपमा उद्घाटन गरेका छन् । सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरूमा विद्युत् आपूर्ति गरिनेछ । कार्यक्रममा अर्थ मन्त्री शर्माले अमेरिकी डलरमा खरिद गरेर ल्याइएको खाना पकाउने ग्यासलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीले गरे देशकै दोस्रो ठूलो सबस्टेसन उद्घाटन (तस्बिरहरु)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो खिम्ती पावर सबस्टेसन उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार रामेछापको मन्थली नगरपालिका-१३ स्थित देविटारमा निर्मित सबस्टेसनको उद्घाटन गरेका हुन् । खिम्ती सबस्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोस्रो ठूलो सबस्टेसन हो । स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट (मेवा) क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०र१३२ केभीको सबस्टेसन निर्माणको काम …

पुरा पढ्नुहॊस »

देशकै दोस्रो ठूलो सबस्टेशन सञ्चालनमा

काठमाडाैँ । रामेछापको मन्थली नगरपालिका-१३ देवीटारमा निर्माण भएको सबस्टेशनले दोलखाको गोंगरबाट आएको डबल सर्किट २२० केभी क्षमताको प्रसारण लाइनलाई ढल्केबरसम्म जोडेको छ । सोही सबस्टेशन हुँदै १३२ केभी क्षमतामार्फत काठमाडौं जोडिएको छ । सबस्टेशनमा १०० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको छ ।

पुरा पढ्नुहॊस »

१३२ केभी प्रशारण लाइनको मोतीपुर सबस्टेशन उद्घाटन

काठमाडाैँ । कपिलबस्तुको मोतीपुरमा १३२ केभी प्रशारण लाइन आयोजनाको मोतीपुर सबस्टेशनको समुद्घाटन भएको छ । बुर्तिबांग, पौदी अमराई, तम्घास, सन्धिखर्क, गोरुसिंगे १३२ केभी प्रशारण लाइनको उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कपिलबस्तुको मोतीपुरमा उद्धाटन गरेकी हुन् । सब स्टेशनबाट कपिलबस्तुको बाणगंगा, बुद्धभूमी, तौलिहवा, रुपन्देहीको सुद्धोदन गाउँपालिका, लुम्विनी सांस्कृतिक नगरपालिका र गौडीहवा गाउँपालिकाका एक लाख ग्राहक प्रत्यक्ष लाभान्वित हुने छन् । यस क्षेत्रका बासिन्दाले छिनछिनमा विद्युत जाने समस्याबाट छुटकारा पाएको …

पुरा पढ्नुहॊस »

नेपाल-भारत ऊर्जा बैठक : वर्षायाममा खेर जाने विद्युत् भारत निर्यात हुने

काठमाडौं । वर्षायाममा खेर जाने विद्युत् निर्यातमा भारतले सहमति जनाएको छ । नेपालले लामो समयदेखि खेर जाने विद्युत् निर्यात गर्न प्रस्ताव गर्दै आए पनि भारतले बेवास्ता गर्दै आएको थियो । बिहीवार काठमाडौंमा सम्पन्न नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठकमा नेपालले राखेको विद्युत् निर्यात प्रस्तावमा भारत सहमत भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले बताए । नेपाल विद्युत् प्राधिकरणबाट बिजुली निर्यात गर्न पेश गरिएका आवेदनहरूलाई आउँदो वर्षायाम अगाडि नै भारतले स्वीकृति …

पुरा पढ्नुहॊस »

धौरी सरस्वती गाउँमा पहिलो पटक बिजुली

काठमाडाैँ ।  त्रियुगा नगरपालिका- ७ स्थित धौरी सरस्वती गाउँमा पहिलो पटक बिजुली पुगेको छ । राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्काले धौरी सरस्वतीमा विद्युतीकरणको उद्घाटन गरे । स्थानीय ७२ घर परिवारमा बिजुली पुगेको हो । त्रियुगा नगरपालिका-७, त्रियुगा नगरपालिका, स्थानीय र विद्युत प्राधिकरणको संयुक्त लगानीमा लामो समयको मिहिनेनतपछि बिजुली विस्तार भएको त्रियुगा नगरपालिका-७ का वडा सदस्य उद्धब काफ्लेले जानकारी दिए । परराष्ट्रमन्त्री डा. खड्काले त्रियुगा नगरपालिका-७ का सरस्वती …

पुरा पढ्नुहॊस »

काबुलमा विद्युत् आपूर्तिमा समस्या : ५८० कम्पनी बन्द हुने अवस्थामा

एजेन्सी । अफगानिस्तानको राजधानी काबुल शहरमा नियमित विद्युत् आपूर्ति नहुँदा झण्डै ६ सय कम्पनी बन्द हुने अवस्थामा पुगेका छन् । विद्युत् आपूर्तिको समस्या खेप्दै आएका ५८० वटा भन्दा धेरै उद्योगको नियमित उत्पादन बन्द हुने अवस्था देखिएको हो । अफगानिस्तानको उद्योग तथा खानी विभागका अनुसार उद्योग नियमित सञ्चालन हुन नसक्दा झण्डै चार हजार ५ सय कामदारले रोजगारी गुमाउने भएका छन् । सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई ८ …

पुरा पढ्नुहॊस »

तीन जलविद्युत् आयोजनाका १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रशारणलाइनमा

काठमाडाैँ ।  खोटाङका तीनवटा जलविद्युत् आयोजनाबाट १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रशारणलाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना र मेवाखोला हाईड्रोपावरगरी १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रशारणलाइनमा जोडिएको हो । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सु खोलाबाट उत्पादन गरिएको साप्सुखोला जलविद्युत् आयोजना ६.६ मेगावाट, केपिलासगढी गाउँपालिका–६ दिप्सुङ र वडा–७ सुङ्देलको सीमानामा पर्ने रावा खोलाबाट तीन मेगावाट र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित मेवाखालाबाट एक मेगावाट क्षमताको …

पुरा पढ्नुहॊस »

सोलु करिडोर प्रसारण लाइन निर्माण सम्पन्न, एक महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडाैँ । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्न भएको छ । उदयपुरको कटारी नगरपालिका-४ मरुवामा टावर खडा गर्ने र तार टाँग्ने काम शनिबार सकिएसँगै आयोजनाको निर्माण सम्पन्न भएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न समस्या झेल्दै रुग्ण बनेको प्रसारण लाइनको निर्माण सम्पन्न भएकाले अब एक महिनाभित्रमा चार्ज गरी सञ्चालनमा ल्याइने बताए । ‘प्रसारण लाइन निर्माणमा स्थानीयको अवरोध भयो, अदालतले अन्तरिम आदेश …

पुरा पढ्नुहॊस »

जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’ अन्तिम चरणमा

काठमाडाैँ । तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’को काम यही पुस मसान्तसम्म सम्पन्न हुने भएको छ । स्वदेशी लगानीमा बन्न लागेको १०६ मेगावाटका सो आयोजनाको विद्युत् उत्पादनगृहमा थप भौगर्भिक अध्ययनका लागि सो काम जारी रहेको जनाइएको छ । टनेलको प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएको छ । जाजरकोट–डोल्पा (भेरी करिडोर) सडकखण्डअन्तर्गत …

पुरा पढ्नुहॊस »