सिद्धार्थ बैंकबाटै प्रभु लाइफको इन्स्योरेन्स सेवा पाइने

काठमाडौं । सिद्धार्थ बैंक  र  प्रभु लाइफको इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंककातर्फबाट सहायक महाप्रबन्धक अर्नुजभद्र खनाल र प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

 

प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्ने ग्राहकहरुलाई आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु बैंकको जुनसुकै शाखाबाट लिन  सकिन्छ ।

साथै,  नविकरण प्रिमियम तथा जीवन बीमाको प्रिमियम सिद्धार्थ बैंकबाट सजिलै बुझाउन सकिने  छ । बैंकले हाल देशभर १२३ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ सेवा र १३१ एटीएम मार्फत सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री