महालक्ष्मी विकास बैंकले गर्यो, तीजको अवसरमा निःशुल्क खानेपानीको व्यवस्था

महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंकको केन्द्रीय कार्यालयले मिति २०७५।०५। २७ गते हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको पावन अवसरमा श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी वितरण गरेको छ । उक्त कार्यक्रममा बैंकले बिहान ६ बजे देखि साँझ ७ बजे सम्म दर्शनार्थीहरुलाई पानी वितरण गरेको थियो ।

बैंकको कालीमाटी शाखाले भने मिति २०७५।०५।२९ ऋषि पञ्चमीको अवसरमा टेकु, काठमाडौँमा अवस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शन गर्न आउनु हुने श्रद्घालु भक्तजनहरुका लागि निःशुल्क स्वास्थ्य शिविर लगायत शुद्घ पिउने पानी तथा जुस वितरण कार्यक्रम आयोजना गरेको छ ।

ब्लु क्रस अस्पतालको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा करिब ५०० जना प्रत्यक्ष लाभान्वित भएका थिए ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस