माछापुच्छ्रे बैंकको खाता अब घरमै बसी खोल्न सकिने

काठमाडौँ । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यता बाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । माछापुच्छ्रे बैंकको अनलाईन खाता मार्फत विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ ।

अनलाईन खाता खोल्न ग्राहकहरुले बैंकको वेबसाईटमा गई अनलाईन खाता खोल्ने फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेट÷आइ–प्याडको प्रयोग गरी सहजै खाता खोल्न सकिने जानकारी बैंकले दिएको छ ।
माछापुच्छ्रे   बैंकले हालसालै बचत खातामा प्रदान गर्दै आएको ब्याजदर समेत वृद्घि गरि ७% पु¥याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५% देखि अधिकतम ७% सम्म ब्याज प्रदान गर्ने जनाएको छ ।

ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७% ब्याजदर पाउन सक्नेछन् । यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन् । मुद्दती निक्षेपमा पनि बैंकले १०.५% सम्मको उत्कृष्ट ब्याजदर दिदैं आएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११६ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस