काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स लिमिटेड र एनआईसी एशिया बैंकबीच शुक्रबार बैक्यास्योरेन्स सम्झौता भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
उक्त अवसरमा सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक केशवराज केसी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको समेत उपस्थिति थियो ।
सम्झौता अनुसार एनआईसी एशिया बैंकका २७८ वटै शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको प्रविधियुक्त आधुनिक स्तरको उत्कृष्टजीवन बीमा सेवा उपभोग गर्न सक्ने जनाइएको छ ।
प्रतिकृया दिनुहॊस