शेयर बजारमा नयाँ लगानीकर्ता संघ, हरि ढकाल नेतृत्वकाे १५ जनाको कार्यसमिति

काठमाडौं । शेयर बजारका लगानीकर्ताको समूहमा नयाँ लगानीकर्ता संघको जन्म भएको छ । शुक्रबार भृकुटीमण्डपस्थित पार्कमा भएको लगानीकर्ताहरुको भेलाले १५ सदस्यीय तदर्थ समिति सहितको ‘शेयर लगानीकर्ता दवाव समूह’ नामको संघ सर्वसम्मत रुपमा चयन गरेको हाे । संघको अध्यक्षमा हरि ढकाल, वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र अग्रवाल, तीनजना उपाध्यक्ष्ँहरुमा शुष्मा ढुङ्गाना, गोपीकृष्ण आचार्य र देवेन्द्र शुक्ल, महासचिवमा नगेन्द्र बास्तोला, सचिवमा गोपाल स्वामी, सहसचिवमा पुरुषोत्तम सापकोटा, कोषाध्यक्षमा अप्सरा खनाल अन्य छ जना सदस्यहरु छन् ।

भेलाले तिलक कोइराला नेतृत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत बनाएको छ । तदर्थ समिति चयन भएपछि अध्यक्ष चयन भएका हरि ढकालले विकासन्यूजसँग संक्षिप्त प्रतिक्रिया दिँदै खुल्ला ग्राउन्डमा भेला भएका लगानीकर्ताको समूहले आफूलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेपछि जिम्मेवारीबोधको अनुभव भएको भन्दै नेपालको पुँजीबजारको विकास र विस्तारको लागि भएको आन्दोलनलाई लगानीकर्ताको भावनामा ठेस आउन नदिई निष्कर्षमा पुर्याएर छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री