आर्थिक

बढ्यो सुनचाँदीको मूल्य

साताको दोस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज ३ सयले बढेको हो। आइतबार ४ सयले घटेको थियो। आज छापावाला सुनको प्रतितोला ९० हजार ६०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य पनि आज ५ रुपैंयाँले बढेको छ। चाँदी आज एक हजार २०० मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »

शेयर बजारको विकृति राेक्न अध्ययन भइरहेको छ: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका समग्र लगानीकर्ताको हितका विषयमा अध्ययन भइरहेको बताएका छन्। अर्थ मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीले शेयर बजारमा रहेका विकृति तथा विसङ्गतिको अन्त्यका लागि सरकारले एक समिति नै बनाएर अध्ययन गरिरहेको जानकारी दिए। सरकारले नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई निलम्बन गरि छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको विषयमा विवाद भएपछि सरकारले …

पुरा पढ्नुहॊस »

आइसिटी अवार्ड-२०२१ को ग्राण्ड फिनाले डिसेम्बर १७ मा हुने

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया शुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन नोमिनेशन खुला गरिएको थियो । प्राप्त नोमिनेशनहरूबाट सर्वोत्कृष्ट छनौट गर्नका लागि शुक्रवारदेखि प्रक्रिया अघि बढाइएको छ। आधिकारिक वेबसाइट ictaward.org मार्फत आह्वान गरिएको अनलाइन नोमिनेशनमा ३५० बढीको आवेदन प्राप्त भएको आयोजक लिभिङ विथ आइसिटीले जनाएको छ । यसवर्ष छनौट …

पुरा पढ्नुहॊस »

१०२ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा!

नेपालमा १०२ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्याङ्कअनुसार असारसम्म तीन करोड ९ लाख ५४ हजार १४५ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। गत जेठमा दुई करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको …

पुरा पढ्नुहॊस »

फोरजीका प्रयोगकर्ता करिब एक करोड नजिक

पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एक वर्षको तथ्याङ्कअनुसार फोरजीका प्रयोगकर्ता बढ्दै गएको देखाइएको छ। गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन्। प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ। सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरि तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै …

पुरा पढ्नुहॊस »

आइतबार नेप्से परिसूचक ७१अङ्कले बढ्यो

काठमाडौं ।  आज साताकाे पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंककाे सुधार देखिएको छ । परिसूचक ७१ दशमलव ७१ दशमलव ४३ अंकले बढेर २ हजार ९ सय ४७ दशमलव ४२ अंकमा पुगेको छ  भने उता ‘क’ वर्गका कम्पनीहरूको काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४३ प्रतिशतले बढेकाे छ । काराेबार रकम ९ अर्ब ४४ कराेड रुपैयाँ नाघेको छ ।

पुरा पढ्नुहॊस »

ओपोले ल्यायो ‘बडादसैँको लहर ओपोको अफर’

वैश्विकस्तरमै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले समस्त नेपालीकोे महान चाड बडादसैँ २०७८ का अवसरमा ‘बडा दसैँको लहर ओपोको अफर’, विशेष उपहार योजनाको घोषणा गरेको छ। यस योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोनलगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन्। ग्लोबल कम्पनीका रुपमा ओपोले सधैँ नै स्थानीयकरणमा विश्वास गर्दै आइरहेको छ। नेपाल हाम्रालागि विशेष प्राथमिकता बोकेको बजार हो। यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको …

पुरा पढ्नुहॊस »

अब खल्तीबाट आफ्नो बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

खल्ती डिजिटल वालेटले आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा रू. ५००० र दैनिक ३ पटक वा रु. ५००० सम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् । त्यसै गरी खल्ती बाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जोकोहिले रु. ५०% …

पुरा पढ्नुहॊस »

सिटी एक्सप्रेस र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन प्रा.लि. ले सिटी एक्सप्रेस मनी ट्रान्स्फरसँग सहकार्य गरेर रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ । जसका लागि नेपाल पेमेन्ट सोलुसनका चिफ एक्सपेरियन्स अधिकृत प्रताप श्रेष्ठ र सिटी एक्सप्रेसका चिफ बिजनेश अफिसर श्याम लामिछानेले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् । यसबाट  सेवाग्राहिले रेमिट्यान्सको क्षेत्रमा आफू अनुकुल जहाँकहीँबाट कुनै पनि समय जुनै पनि वालेटमा विद्युतिय रेमिट्यान्स कारोबार गर्नका लागि सहयोग पुर्याउने गर्दछ । यो प्रणालीले …

पुरा पढ्नुहॊस »

आइतबार सुनचाँदीको मूल्यमा गिरावट

साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ४ सयले घटेको हो। आज छापावाला सुनको प्रतितोला ९० हजार ३०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ८९ हजार ८०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य भने आज २० रुपैंयाँले घटेको छ। चाँदी आज एक हजार १९५ मा कारोबार भइरहेको छ।

पुरा पढ्नुहॊस »
This will auto close after