स्थानीय तहका निर्माणाधिन अस्पतालका लागि १० अर्ब बजेट विनियोजन

सरकारले स्थानीय तहमा निर्माणाधीन ६५५ अस्पतालका लागि १० अर्ब रुपैयाँ विनियोजन गरेको छ। ती अस्पतालको निर्माण सम्पन्न आगामी आर्थिक वर्षमा गरिने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।

अर्थमन्त्री शर्माले पुराना जीर्ण अवस्थामा रहेका अस्पताल भवनको समेत स्तरोन्नती गरिने बताउदै जेष्ठ नागरिकलाई विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्न २० वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड सञ्चालनमा ल्याइने जानकारी दिए ।

विदेशीलाई २० युनिट अपार्टमेन्ट बेच्न पाइने

सरकारले निजी क्षेत्रको वर्षौं पुरानो माग पूरा गर्दै विदेशीलाई अपार्टमेन्ट बेच्न पाउने नीति ल्याएको छ। आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी नागरिकलाई विदेशी मुद्रामा अपार्टमेन्ट बेच्न पाइने व्यवस्था मिलाइएको जानकारी दिए ।

आइतबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै शर्माले १ सयभन्दा बढी युनिटको अपार्टमेन्ट बढीमा २० वटा युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न व्यवस्था मिलाइएको जानकारी दिए ।

शर्माले भने, ‘नीजि क्षेत्रलाई १०० भन्दा युनिट रहने अपार्टमेन्टहरूको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न अनुमति दिनेगरी कानुनी व्यवस्था गरिनेछ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड, २ लाखलाई रोजगारी

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड विनियोजन गरेको छ। आइतबार संघीय संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बेरोजगारको तथ्यांक संकलन गरी रोजगारी सिर्जना गरिने बताए।

स्थानीय तहको समन्वयमा बाँझाे खेत पहिचान गरि रोजगार सेवा केन्द्रमा सूचीकृतलाई रोजगारी प्रदान गरिने भन्दै २ लाखलाई रोजगारी दिने घोषणा गरे।

अत्तरिया र सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने

सरकारले आगामी आर्थिक वर्षमा सुदुरपश्चिम प्रदेशको अत्तरीया र कर्णाली प्रदेशको सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ।

उनले भने, ‘जडिबुटीको विशेषता र उपलब्धताको आधारमा प्रदेशस्तरमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरिनेछ । सरकारको स्वीकृतिमा सबै किसिमका औषधिजन्य जडीबुटीको खेती गरी प्रशोधन एवं निर्यात गर्न आवश्यक व्यवस्था गरिनेछ।’

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

अब सवारी साधन कर्जामा जोखिम भार १०० प्रतिशतमा झर्‍यो, घर जग्गा कारोबार पनि सहज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सवारीसाधन खरिदमा वित्तीय सहजता प्रदान गरेको छ । शुक्रबार चालु …

प्रतिकृया दिनुहॊस

This will auto close after