कृषि क्षेत्रका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन

सरकारले कृषि क्षेत्रका लागि ५५ अर्व ९७ करोड रकम विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष ०७९/७८ को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले कृषक पेन्सन लगायतका कार्यक्रम कृषि क्षेत्रको प्रवर्द्धनका लागि ल्याइएको बताए ।

सरकारले चालू आवको तुलनामा आगामी आवका लागि १४ अर्ब ८८ करोड बढी रकम विनियोजन गरेको हो। चालू आवमा सरकारले ४१ अर्ब १० करोड रकम विनियोजन गरिएको थियो भने आव ०७७/७९ मा ३७ अर्ब ४० करोड रकम विनियोजन गरिएको थियो। किसानसँग सरकार कार्यक्रम लागू गरिने बताउँदै उनले कृषकलाई पेन्सन उपलब्ध गराउन १ अर्बको बिउ कोषको स्थापना गर्ने घोषणा गरे ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषिको आधुनिकीकरण, यान्त्रिकरण र व्यवसायीकरण गरिने विगतको प्राथमिकतालाई निरन्तरता दिइने भन्दै प्रधानमन्त्री कृषि आधुनिकरण कार्यक्रमलाई पुनर्संरचना गरिने बताए। यो योजनाका लागि ५ अर्ब ९० करोड विनियोजन गरिएको छ।

प्रत्येक स्थानीय तहमा स्नातक गरेका कृषि प्राविधिकको व्यवस्था गरिने भएको छ। कृषि उत्पादन कार्यक्रमलाई १० अर्ब विनियोजन गरिएको छ। कृषि कर्जा प्रवाहका लागि ५ खर्बको लघुवित्त कोष स्थापना गरिने घोषणा गरिने भएको छ। सरकारले सेवा निवृत्त कृषिका पूर्व कर्मचारी तथा वैज्ञानिकको सीपको सदुपयोग गर्ने भएको छ। रासायनिक मल कारखाना स्थापनालाई प्राथमिकतामा राखिएको बताउदै उनले अनुदानको मलखादलाई १५ अर्ब विनियोजन गरिएको बताए ।

खाद्यान्न भण्डारका लागि एक सय सामुदायिक खाद्य भण्डार स्थापना गर्न ४५ करोड विनियोजन गरिएको भने २०७९ लाई कृषि जैविक विविधता वर्षको रुपमा मनाइने बताइएको छ । बिमाका लागि ७७ करोड र उखु किसानलाई अनुदानका लागि ८१ करोड लगायतका कार्यक्रम सरकारले ल्याएको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after