दुग्ध विकास बोर्ड खारेज नगर्न खबरदारी

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डलगायत विभिन्न बोर्ड, आयोगलगायतका संस्था खारेज गर्ने वा नगर्ने विषयमा बैकुण्ठ अर्यालको संयोजकत्वमा एक समिति बनाई अध्ययन गर्न लागिएको चर्चाप्रति सरोकारवालाले आपत्ति प्रकट गरेका छन् ।

अनावश्यकरूपमा अध्ययन नै नगरी हचुवामा बोर्डलाई खारेज गर्ने प्रयास गरेको भन्दै उनीहरूले आन्दोलनको चेतावनीसमेत दिएका छन् ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्य विकास सहकारी संघ, कृषकसँग सरोकार राख्ने निकायलगायतका संघसंस्थाले दुग्ध क्षेत्रको हितमा काम गर्ने बोर्ड खारेज नगर्न चेतावनी दिएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री