बैंकिङ्ग

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं ५, इन्द्रेगौंडा बजारमा ६६औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनले गरेका थिए । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै ग्लोबल आइएमई बैंक शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन …

पुरा पढ्नुहॊस »

विकास बैंकले साउनमा कमाए ८४ करोड २१ लाख नाफा, सबैभन्दा धेरै गरिमाको (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकले ८४ करोड २१ लाखभन्दा बढी नाफा कमाएका छन् । चालु आवको पहिलो महिना (साउन)मा सञ्चालनमा रहेका राष्ट्रिय स्तरका आठ वटा विकास बैंकले ८४ करोड २१ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् । सबैभन्दा धेरै नाफा गरिमा विकास बैंकले कमाएको छ । उसले साउनमा २४ करोड ९५ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको हो । दोस्रो स्थानमा रहेको मुक्तिनाथ विकास बैंकले १६ …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाइल बैङ्किङ सुचारु गर्न मिल्ने

काठमाडौँ । गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरूको पहुँच हुनेगरी मोबाइल बैङ्किङ सेवालाई स्तरोन्नति गरेको छ । बैंकले विदेशमा बसी विकास बैंक मार्फत मोबाइल बैङ्किङ सेवा लिन चाहने ग्राहकहरूले बैंकले तोके बमोजिमका कागजातहरू पुरा गरी यो सेवा लिनसक्ने बताएको छ । हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेकाले उक्त बैङ्किङ सेवा सुचारु गरेको बताएको । साथै, यो सुविधा लिनका लागि ग्राहकले गरिमा डिजि …

पुरा पढ्नुहॊस »

सनराइज क्यापिटले शेयरधनीका लागि ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौँ । लक्ष्मी सनराईज बैंकको सम्पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारण सभा आफ्नै कार्यालय भवन, कमलपोखरी काठमाडौँमा भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरूमा आव २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरियो तथा आव २०८०/०८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ति विशेष साधारण सभाबाट …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकका एक हजार कर्मचारीलाई नेसनल बैंकिङ इन्ष्टिच्युटले तालिम दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्ष्टिच्युट लिमिटेड (एनबीआई) बीच सर्टिफिकेशन कोर्षको बैंकिङ तालिम सञ्चालन गर्ने सम्बन्धी सम्झौता भएको छ।सम्झौ तापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेसनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बुधबार हस्ताक्षर गरेका छन्। सम्झौता पश्चात चालु आ.ब. २०८०/०८१ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिका लागि नेसनल बैंकिङ इन्ष्टिच्युटले हाललाई एक हजार जना कर्मचारीलाई ‘जेएएनबीआई,सीएएनबीआई, एमओओडीवाई’एस लगायतको सर्टिफिकेसन कोर्षको बैंकिङ …

पुरा पढ्नुहॊस »

ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. आनन्द प्रसाद श्रेष्ठको उपस्थितिमा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महत र माछापुछ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे। समारोहमा ॐ हस्पिटलका तर्फबाट ॐ अस्पतालका शेयरधनी हरिप्रसाद पाठक, मेडिकल डाइरेक्टर डा. हरिश …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५ प्रतिशत क्यासब्याक

काठमाडौं । ग्लोबल आईएमई बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई कार्डमार्फतको पहिलो काराबारमा २५ प्रतिशत क्यासब्याक दिने अफर सार्वजनिक गरेको छ। बैंकले डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ल्याएको यस क्यासब्याक अफरमा पहिलो पटक ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकत २५ प्रतिशत (रु. ५०० सम्म) क्यासब्याक प्राप्त गर्नेछन्। आगामी कात्तिक ३ गतेसम्म चल्ने बैंकको यस अभियान अन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहक सक्रियता र संलग्नता वृद्धि गर्ने योजना रहेको जनाएको …

पुरा पढ्नुहॊस »

सांग्रिला बैंकका ग्राहक, कर्मचारी र शेयरधनीले सेल्सबेरीमा छुट पाउने

काठमाडौं । अब सांग्रिला विकास बैंक लिमिटेडका ग्राहक, कर्मचारी तथा शेयरधनीले सेल्सबेरीमा सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच आज सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुशील मान प्रधानाङ्घले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेलवेज क्यास …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको शाखा कार्यालय उद्घाटन गरिएको छ । लहान न.पा. –६ गणेश चोकस्थित नवनिर्मित भवनको उद्घाटन गरिएको हो । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक समारोहका बीच शिलापत्र अनावरण गरी रिबन काटेर नवनिर्मित भवनको आइतबार उद्घाटन गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा मुख्यमन्त्री यादवले कृषि तथा अन्य क्षेत्रको उत्पादन बढाउन प्रदेश सरकारले राष्ट्रिय बाणिज्य बैंकसँग सहकार्य गर्ने …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंकले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड, कमलादीलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिले शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गरेको हो । अब बैंकको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरू प्रभु क्यापिटलबाट हुनेछन् ।

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds