बैंकिङ्ग

अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत

काठमाडौं । अब हिमाल रेमिटको रेमिटान्स भुक्तानी राष्ट्रिय वाणिज्य बैंक मार्फत हुने भएको छ। विश्वका जुनसुकै देशहरुमा रहेका आफन्तहरुले हिमाल रेमिटबाट पठाएको वैदेशिक रेमिटान्स अब राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ७७ जिल्लामा रहेका २८४ वटा शाखा कार्यालयहरुबाट भुक्तानी हुने भएको छ। दूर दराजमा रहेका ग्राहकहरुले पनि यो सुबिधा प्राप्त गर्न सक्नेछन। यसपछि बैंकका ग्राहकहरु तथा अन्य वैदेशिक रेमिटान्स प्राप्त गर्ने ग्राहकहरुलाई नेपालमा रेमिटान्स प्राप्त गर्न सहज हुने भएको छ। राष्ट्रिय वाणिज्य …

पुरा पढ्नुहॊस »

प्रभुु बैंकले ल्यायो स्मार्ट अडियो अलर्ट डिभाइस, अब भुक्तानीको जानकारी आवाजबाटै पाइने

काठमाडौँ । प्रभु बैंक लिमिटेडको डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत क्युआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको क्युआर भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्युआरकोड मार्पmत् सेवाग्राहीहरुले भुक्तानी गर्दा एसएमएस वा ईमेल अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित …

पुरा पढ्नुहॊस »

नक्सालमा १ अर्ब २१ करोड ३९ लाखमा जग्गा किन्दै एनएमबि बैंक

काठमाडौँ । एनएमबि बैंकले कर्पोरेट कार्यालय निर्माण गर्न काठमाडौंको नम्सालमा जग्गा खरिद गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको बैठकले काठमाडौं महानगर पालिका वडा नम्बर १ नक्सालमा जग्गा खरिद गर्ने निर्णय गरेको हो । बैंकले १०५.५६२५ आना जग्गा तथा सोमा रहेको संरचनासमेत गरी कुल १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७५० रुपैयाँको खरिद गर्ने निर्णय गरेको छ । उक्त जग्गा बैंकको नाममा नामसारी तथा दाखिल खारेज भई …

पुरा पढ्नुहॊस »

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको २६६ औँ शाखा

काठमाडाैँ । नबिल बैंक लिमिटेडको २६६ औँ शाखा मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ। बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको नबिल बैंकले जनाएको छ। गोठगाउँ शाखाको उद्घाटन प्रमुख अतिथी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादव राज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए। कार्यक्रममा अथितिहरु पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग …

पुरा पढ्नुहॊस »

एभरेष्ट बैंकका ग्राहकलाई निरभाना फिजियोथेरापीमा विशेष छुट

काठमाडाैँ । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर, लाजिम्पाटबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। यो सँगै बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुले उक्त वेलनेस सेन्टरबाट विभिन्न सेवामा २५ प्रतिशत सम्मको आकर्षक छुट पाउने छन्। बैंकका रिटेल तथा एसएमई प्रमुख विष्णुप्रसाद ज्ञवाली र वेलनेस सेन्टरका प्रबन्ध निर्देशक रजुल श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरे। उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड …

पुरा पढ्नुहॊस »

नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड-२ का लगानीकर्ताहरूलाई ९.६ प्रतिशत प्रतिफल दिने

काठमाडौँ । नबिल बैङ्कले ब्यालेन्स्ड फण्ड–२ (एनबीएफ२) नामक सामूहिक लगानी योजना अन्तर्गतको मुचुअल फण्डका इकाईधनीहरुलाई ९.६ प्रतिशत प्रतिफल दिने भएको छ । आर्थिक वर्ष २०७९-८० को नाफाबाट बैङ्कले १० करोड ७५ लाख २० हजार रुपैयाँ (९.६ प्रतिशत) करसहित प्रतिफल दिने भएको हो । नबिल इन्भेस्टमेन्ट बैङ्किङ योजना व्यवस्थापन एवं डिपोजिटरी रही नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको नबिल ब्यालेन्स्ड फण्ड–२ का लागि कूल १ अर्ब १२ करोड रुपैयाँ बराबरको इकाई …

पुरा पढ्नुहॊस »

कुमारी बैंकका ५ नयाँ शाखा विस्तार

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा पाँच नयाँ शाखा विस्तार गरेको छ । बैंकले बागमती प्रदेशस्थित काठमाण्डौं जिल्लाको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैसेँपाटी र टौखेल समेत गरी ५ स्थानमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र युनिसेक्स सलूनबीच मर्चेन्ट सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलूनबीच बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले रुपन्देहीको देवदहस्थित सलून ले प्रदान गर्ने हेयर कट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने जनाइएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण …

पुरा पढ्नुहॊस »

एनएमबिबाट ११.४९ प्रतिशत स्थीर ब्याजदरमा घर कर्जा पाइने

काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब चिन्ता छोड्नुहोस्, ढुक्कसँग आफ्नो सपनाको घर रोज्नुहोस्’ योजनासहित स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको हो । योजना अन्तर्गत ७ वर्षसम्म स्थीर ब्याजदरमा घर कर्जा लिन सकिनेछ । स्थीर ब्याजदरमा कर्जा लिँदा हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनबाट घरधनीहरू झण्झटमुक्त हुने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । एनआईसी एसिया बैंकको शाखा कार्यालय स्थानान्तरण गरिने भएको छ । बैंकको गोदावरी किटिनी शाखा कार्यालय स्थानान्तरण गरेको हो । बैंकका अनुसार गोदावरी नगरपालिका ३ किटिनीमा सञ्चालनमा रहेको शाखा असोज १० गतेदेखि महालक्ष्मी नगरपालिका ४ ललितपुरमा स्थानान्तरण गरिएको हो । उक्त शाखा अब महालक्ष्मी शाखाको रूपमा रूपान्तरण भई बैंकिङ्ग कारोबार सञ्चालन हुने बैंकले जनाएको छ ।

पुरा पढ्नुहॊस »
This popup will auto close in : seconds