काठमाडौं । सिदार्थ बैंकले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले लेखा राज्यलक्ष्मी खाँडको नाममा रहेको ८० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कार्यालय समयमा बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आफुले खरिद गर्न चाहेको शेयर संख्याको व्योहोरा खुलाई लिखित आवेदन दिन सक्नेछन् ।
साथै संस्थापक शेयर लिने सम्बन्धमा तोकिएको म्याद भित्र विद्यमान संस्थापक शेयरधनीबाट निवेदन पेश नभएको खण्डमा अन्य संस्थापक व्यक्ति अथवा संस्थालाई शेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




