काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ। बैंकको मङ्सिर १८ गते बसेको ५२१ औं संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुको लागि १० दशमलब ६५ प्रतिशत लाभांश घोषणा गरेको हो।
प्रस्तावित लाभांशअनुसार ३ दशमलब ८ प्रतिशत बोनस सेयर र ६ दशमलब ८५ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात तोकिएको मितिसम्म कायम शेयरधनीहरुमा वितरण हुनेछ।
हाल बैंकको चुक्तापुंजी १० अर्ब १२ करोड रहेको छ।
तपाईंको प्रतिकृया




