काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैँकिङ्गलाई प्रवर्द्धन गर्न सुरु गरेको वार्षिक अभियान “#DigitalDecember2024” को छैठौं संस्करण प्रारम्भ भएको छ। “सहजता को नयाँ परिभाषा उपहार सँगै” भन्ने नारासहित सुरु गरिएको यस अभियानले ग्राहकहरूलाई डिजिटल बैँकिङ्ग अपनाउन प्रेरित गर्दै विभिन्न अफर र वित्तीय साक्षरता कार्यक्रममार्फत नयाँ आयाम थप्ने लक्ष्य लिएको छ।
ग्राहकका लागि विशेष अफरहरू:
यस अभियान अन्तर्गत बैंकले ग्राहकहरूलाई डिजिटल बैँकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्ने निम्न योजना ल्याएको छः
- सरलीकृत कर दाखिला:
ग्राहकहरूले डिसेम्बर महिनाभर मोबाईल मनी एप प्रयोग गरी आफ्नो PAN वा NID विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाइल रिचार्ज गर्दा थप १०० रुपैयाँ बोनस रिचार्ज पाउनेछन्। यसले ग्राहकहरूको करसम्बन्धी प्रक्रियालाई सहज बनाउनुका साथै ब्याजमा लाग्ने कर कट्टी सही रूपमा सुनिश्चित गर्नेछ। - बिजुली बिल भुक्तानीमा सहुलियत:
ग्राहकहरूले मोबाईल मनी एप प्रयोग गरी मिस-कल मार्फत सजिलै बिजुलीको बिल तिर्न सक्नेछन्। डिसेम्बर महिनाभर यस सेवा प्रयोग गर्ने ग्राहकहरूले पनि १०० रुपैयाँ बोनस रिचार्ज प्राप्त गर्नेछन्। - क्रेडिट कार्डमा विशेष छुट:
तोकिएको योग्यता पुगेका ग्राहकहरूले डिसेम्बर महिनामा क्रेडिट कार्ड आवेदन दिएर जारी शुल्क र पाँच वर्षको वार्षिक शुल्कमा छुट पाउने सुविधा लिन सक्नेछन्।
लचिलो वित्तीय समाधानहरू:
- आज किनौं, भोली तिरौं (BNPL):
क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ३०,००० रुपैयाँभन्दा माथिको खरिदलाई बिना प्रोसेसिङ शुल्क र ब्याज बिनै किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्। - अन्तर-बोर्डर भुक्तानी:
लक्ष्मी सनराइज बैंकका QR सेवा प्रयोगकर्ता व्यवसायीहरूले भारतीय मोबाइल वालेटमार्फत भुक्तानी लिँदा लक्की ड्रद्वारा विभिन्न पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।
वित्तीय शिक्षा कार्यक्रम:
अभियानको एक विशेष भाग “डिजिटल संवाद” अन्तर्गत बैंकले विभिन्न स्थानहरूमा वित्तीय साक्षरता प्रवर्द्धन गर्न अन्तरक्रियात्मक कार्यक्रमहरू आयोजना गर्नेछ। यसमा डिजिटल बैंकिङ्ग सुरक्षा, नवीनतम सुविधाहरू, र वित्तीय योजनाबारे जनचेतना फैलाइनेछ।
यस अभियानले डिजिटल बैंकिङ्गलाई सरल, सुरक्षित, र सहज बनाउँदै ग्राहकहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ। थप जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत अपडेट प्राप्त गर्न सकिनेछ।




