बैंकिङ्ग

मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई सेफ्स बर्गरमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्ना भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई थप सेवा दिन नेपालका विभिन्न स्थानहरूमा शाखाहरू रहेको सेफ्स बर्गर प्रा.लिसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ । यस व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरूले सेफ्स बर्गर प्रा.लिका विभिन्न शाखाहरूमा फुड एण्ड बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस …

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकद्वारा ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक

काठमाडाैं । डिजिटल बैंकिङ्गमा देशको अग्रणी बैंकको रुपमा स्थापित एन आई सी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक गरेको छ। डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्याउने हेतुले बैंकले ल्याएको यो योजना २०८० आषाढ मसान्तसम्म सञ्चालन हुनेछ भने उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुनेछन्। …

पुरा पढ्नुहॊस »

नबिल र एसियन पेन्टस् बीच च्यानल फाइनान्सिङको सम्झौता

काठमाडाैं । नबिल बैंक लिमिटेड र  एसियन पेन्टस् नेपाल प्रा. लि बीच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य गरिएको छ। च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो। नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यस सम्झौता अन्तर्गत एसियन पेन्टस् नेपालसँग आबद्ध व्यवसायीहरूले च्यानल फाइनान्सिङको रूपमा थप व्यवसाय विस्तार गर्न चालु पुँजीमा लगानी गर्ने उद्देश्यका …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा रंगेली अस्पताल र कन्या क्याम्पसलाई विभिन्न सामान वितरण

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशस्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ। बैंकको प्रदेश कार्यालय विराटनगरमार्फत शाखा कार्यालय रंगेलीद्वारा सो सामान प्रदान गरिएको हो। वितरण कार्यक्रममा रंगेली नगरपालिकाका नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समिति का अध्यक्ष साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिको उपस्थिति थियो। यसको साथै सिटिजन्स बैंकले डिल्लीबजारस्थित डिल्लीबजार …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंकले गर्‍यो स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ । बैंकले सहयोगको रूपमा प्रतिष्ठानलाई सेमी फोल्डिङ बेड, नर्मल ह्वील चियर र आइभी स्ट्याण्ड हस्तान्तरण गरेको हो । बिहीबार स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ, बाँकेमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्र बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई  बैंकले सहयोग गरेको जनाएको छ ।

पुरा पढ्नुहॊस »

नबिल बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा छुट

काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकको सुबिधालाई ध्यानमा राखी ल्याण्डमार्क होटल एन्ड रिसोर्टसँग सम्झौता गरेको छ। उक्त सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरुले ल्याण्डमार्क होटल एन्ड रिसोर्टद्वारा सञ्चालित काठमाडौं, चितवन तथा पोखराका होटलहरुमा खाना तथा पेय पदार्थमा १० प्रतिशत र होटल तथा रिसोर्टको आवास सुबिधामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले नबिल बैंकको चेक, डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य डिजिटल माध्यमद्वारा भुक्तानी गर्दा उक्त सुबिधा प्राप्त गर्न सक्नेछन्। हालसम्म …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

काठमाडौं । ग्लोबल आईएमई बैंकका ग्राहकले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन्। बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो। यो योजना अन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम रु. १०० सम्म क्यासब्याक …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंक देवीघाट शाखाद्वारा क्युआर कोर्ड भएको चन्दा बाकस वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेश अन्तर्गत देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देवीघाट, नुवाकोट स्थित श्री जाल्पा देवी मन्दिर लाई क्युआर कोर्ड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ । बिहिबार एक समारोहका विच देवीघाट शाखाले स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डङ्गोल र बाँकी सदस्यहरू, बैंकका कर्मचारीहरू लगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकहरूको बिच आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहल अन्तर्गत श्री जल्पा देवी मन्दिर लाई …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र भ्याली स्टेट कलेजबीच सम्झौता, के छन् विशेषता

काठमाडौं । कामना सेवा विकास बैंकले भरतपुर, चितवन स्थित भ्याली स्टेट कलेजसँग बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति आपूर्तिका लागि सहकार्य गर्ने सम्झौता गरेको छ । बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिको लागि सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको हो । कामना सेवा विकास बैंकले आफ्ना कर्मचारीहरुको व्यवस्थापन तथा कार्यक्षमता र उत्प्रेरण अभिवृद्धि गर्दै व्यावसायिक तथा व्यक्तिगत लक्ष्य प्राप्ति गर्ने तर्फ भ्याली स्टेट कलेजले अध्यापन, अनुसन्धान तथा …

पुरा पढ्नुहॊस »

बाल प्रतिष्ठानलाई कुमारी बैंकको २५ लाख सहयोग

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ । नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने प्रशंसनीय लक्ष्य लिई अघि बढिरहेको काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका, वडा नम्बर ७ मा बाल अस्पताल निर्माण गरिरहेकोमा सो अस्पताल निर्माणका लागि कुमारी बैंक लिमिटेडले उक्त सहयोग प्रदान …

पुरा पढ्नुहॊस »