मितेरी डेभलपमेन्ट बैंकको सीईओमा अनन्त चापागाईं

काठमाडौँ । मितेरी डेभपलमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनन्त चापागाईं नियुक्त भएका छन्। उनलाई बैंकको २५०औँ सञ्चालक समितिको बैठकले माघ १ गतेबाट लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

चापागाईंको कार्यकाल ४ वर्षको रहने बैंकले जनाएको छ। उनीसँग प्राइम कमर्सियल बैंक, नबिल बैंक लगायतका बैंकहरुमा काम गरेको अनुभव छ।

झण्डै ३३ वर्ष बैंकिङ क्षेत्रमा बिताएका उनी पछिल्लो समय प्राइम कर्मशिलय बैंकमा कार्यबाहक उपमहाप्रबन्धक थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री