बैंकिङ्ग

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकलाई छुट

काठमाडौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच दुई पक्षीय समझदारी भएको छ । सो समझदारी पत्रमा प्रभु बैंक लिमिटेडको तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक) का तर्फबाट कार्यकारी निर्देशक पदम प्रसाद न्यौपानेले हस्ताक्षर गरे । सम्झौता अन्र्तगत, प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउनेछन् । यस सम्झौता …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा छुटैछुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही वैशाख १ गते देखि वैशाख ३१ गते सम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट–क्यासब्यक, लगायतका योजनाहरू सार्वजनिक गरेको हो । सो योजना अन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्पmत रु १००० वा बढीको कारोबार गर्दा १७% वा बढिमा रु …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको नयाँ शाखा विस्तार

काठमाडौँ । प्रभु बैंक लिमिटेडले सोमबारदेखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आप्mनो ३०२ औँ शाखा खोली सञ्चालनमा ल्याएको छ । नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन बैंकको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले गरेको बैंकले जनाएको छ । बैंकको नयाँगाउँ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो । बैंकको नयाँगाउँ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यावसायिक फर्म, कम्पनी तथा …

पुरा पढ्नुहॊस »

नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र “नेपाल एसबिआई ऋणपत्र २०९०” निष्कासन गर्ने भएको छ । बैंकले ऋण पत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच दुई पक्षले समझदारी गरेका हुन् । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकले प्रकाशित गर्‍यो कार्बन उत्सर्जन प्रतिवेदन

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९/८० को कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित गरेको छ। वातावरणीय उत्तरदायित्वको प्रतिबद्धता अनुसार बैंकले सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन प्रकाशित गरेको हो। यो प्रतिवेदनले बैंकको सवारी साधन कर्जा र आवासीय कर्जा मार्फत गत आर्थिक वर्षसम्म कुल १५,९६५.११ टन कार्बन डाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ। जसमध्ये सवारी साधन कर्जामार्फत ३,६४४.५१ टन र आवासीय मार्फत १२,३२०.६० टन कार्बन डाइअक्साइड …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको ‘पैसा आउने, थपेर पाउने’ योजना

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमार्फत हुने रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा ५०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ । यस क्यासब्याक योजनाअन्तर्गत रेमिट्यान्स पठाउने व्यक्तिले २५,००० देखि ५०,००० रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, ५०,००१ देखि १००,००० …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र आइएमई ट्राभल्सबिच सहकार्य

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डवाहक ग्राहकहरूलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय स्थानहरु अन्नपूर्ण वेस क्याम्प, धार्मिक गन्तव्यको रूपमा स्थापित मुक्तिनाथ तथा अन्तर्राष्ट्रिय टुर प्याकेजमा थाइल्यान्ड, वाली, दुबई भ्रमणको लागि सहुलियत मूल्यको योजनाहरू ल्याएको छ । बैंकले आन्तरिक भ्रमणका लागि न्यूनतम ३,२१० रुपैयाँ र …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको सौजन्यमा भर्सटाइल मिडिया टेक्नोलोजीले गर्‍यो विद्यार्थीका लागि ‌वित्तीय साक्षरता कार्यक्रम (भिडियोसहित)

काठमाडौं । भर्सटाइल मिडिया‌ टेक्नोलोजी एण्ड मल्टी सप्लायर्स प्रालिको आयोजना तथा कृषि विकास बैंक लिमिटेडको सौजन्यमा विद्यार्थीहरूका लागि वित्तीय साक्षरता कार्यक्रम जनकपुरस्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा सम्पन्न सम्पन्न भएको छ । कार्यक्रममा कृषि विकास बैंक लिमिटेड प्रदेश शाखाका निमित्त निर्देशक जयराम शर्माले विद्यार्थीहरूमा वित्तीय साक्षरता सम्बन्धी सूचना, जानकारी र सावधानी अपनाउनका लागि गरिएको कार्यक्रम सान्दर्भिक रहेको धारणा राख्दै २ घण्टाको कक्षा सञ्चालन गरेका थिए । कार्यक्रमका अतिथि नमुना …

पुरा पढ्नुहॊस »

बैंकहरूले घटाए ब्याजदर, अब कुन बैंकको कति ?

काठमाडौं । वैशाख महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा व्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो । चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेको थियाे । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १३ वटा वाणिज्य बैंकहरूले घटाएर ब्याजदर सार्वजनिक गरेका हुन् । नबिल …

पुरा पढ्नुहॊस »

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा पुगेको छ ।

पुरा पढ्नुहॊस »
This will auto close after