धनकुटामा करिब १७५ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं । करिब १७५ किलो गाँजासहित प्रहरीले एक जना पक्राउ गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-६ माङमायाबाट लागूऔषध गाँजा करिब १७५ किलो ५७० ग्राम सहित सोही नगरपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले चानुवाबाट लेगुवातर्फ आउँदै गरेको को.२ त ४८९८ नम्बरको ट्याक्टरलाई जाँच गर्दा २२ वटा बोरामा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्याक्टरमा सवार उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री