काठमाडौं । एनआईसी एशिया बैंक र धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टबीच विशेष छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, बैंकका ग्राहकले रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।
यो सुविधा प्राप्त गर्नका लागि ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा ‘मोबैंक’ एपमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकका अनुसार, यस सहकार्यले ग्राहकलाई छुटको सुविधा मात्र नभई डिजिटल भुक्तानी सेवाको प्रयोगलाई प्रोत्साहन गर्ने र नगदरहित कारोबार प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
तपाईंको प्रतिकृया




