बैंकिङ्ग

एनआईसी एशिया बैंकले पायो ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड’

काठमाडौँ । एनआईसी एशिया बैंकले प्रतिष्ठित ‘पेमेन्ट्स एक्सिलेन्स अवार्ड २०२३ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक भिजाले हरेक वर्ष आयोजना गर्ने ‘भिजा लिडरसिप कन्क्लेभ नेपाल २०२३’ अन्तर्गत ‘एक्सिलेन्स इन साइबरसोर्स प्रोसेसिङ’ र ‘एक्सिलेन्स इन भास प्रोडक्टस्’ बाट बैंकलाई सम्मानित गरेको हो । मुलुकको बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल बैंकिङ तथा कार्ड भुक्तानी सेवा प्रदान गरेको भन्दै बैंक सम्मानित भएको बताइएको छ । बैंकले अन्तर्राष्ट्रिय स्तरको अनलाइन भुक्तानी …

पुरा पढ्नुहॊस »

ग्लोबलले ल्यायो १२ करोडसम्म सीमा भएको विशेष घर कर्जा योजना, न्यूनतम् ब्याजदर ९.९९%

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा रु. १२ करोडसम्म कर्जा सीमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरुले सहज रुपमा कर्जा सार्न सक्नेछन् । यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको सीइओमा तिलकराज पाण्डेय नियुक्त

काठमाडौं । नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबारको निर्णयले पाण्डेय चार वर्षका लागि नियुक्त भएका हुन् । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत ( सीइओ)का लागि आवेदन दिएका १९ जनामध्ये संक्षिप्त सूचीमा ५ जना छनोट भएका थिए । संक्षिप्त सूचीमा परेका ५ जनाको अन्तर्वार्ता गत बुधबार भएको थियो । ५ जनाको सूचीमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, धुवचन्द्र गौतम, लक्ष्मण पौडेल …

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंकद्वारा ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवनस्थित श्री झुवानी माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरूलाई ब्रेल शैक्षिक सामग्री प्रदान गरेको छ । विभिन्न किसिमका अपाङ्गता भएका बालबालिका र युवाका लागि काम गर्दै आएकोे मैत्री समाज नेपालसंगको सहकार्यमा सहयोग प्रदान गरिएको हो । विद्यालयमा आज आयोजित एक समारोहका बीच बैंकको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप रू एक लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५१३२ प्रतिशत नगद लाभांश गरि कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकमा जागिरको अवसर (सूचनासहित)

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरेको हो । तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकद्वारा मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले भक्तपुरको दिब्येश्वरी मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थलीमार्फत सो सामग्री हस्तान्तरण गरिएको हो । बैंकका शाखा कार्यलय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिले दिब्येश्वरी मन्दिरलाई उक्त खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेका थिए ।

पुरा पढ्नुहॊस »

नविल बैंक लिमिटेड र उपाय बिजनेश सोलुशन्सबिच व्यवसायिक सम्झौता

काठमाडाैँ । नविल बैंक र उपाय बिजनेश सोलुशन्स बिच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर बैंकको ग्राहकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ। यस साझेदारी अन्तर्गत, बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागी उपाय विजनेश सोलुशन्सको सेवा लिने छन्। उपायले व्यवसायिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्यक …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । निक्षेप तथा कर्जा सुरक्षण कोष र कुमारी बैंक बीच बैंकले साना तथा मझौला उद्यम कर्जामा वर्गीकृत हुने गरी छुट्टै उपशीर्षक “केबिएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनी” मा प्रदान गरेको कर्जाको कोषले सुरक्षण गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र कुमारी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको सीईओमा पुनः सन्तोष कोइराला नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला थप अर्को कार्यकालका लागि नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो । साढे २ दशक भन्दा लामो अनुभव संगालेका कोइरालाले आफ्नो करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा चिनिन्छन् । उनको पहिलो कार्यकालमा माछापुच्छ्रे बैंकले वित्तीय सूचकांकमा उल्लेख्य सुधार …

पुरा पढ्नुहॊस »